Trending
Prev Story
Next Story

पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता

Nagarik News •
October 31, 2026 • 07:47 AM
1
1 reads 0 reactions

उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।

पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पत्रकारमाथि भएको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई लोकतान्त्रिक सरकारद्वारा थोपरिएको ‘भद्दा निरंकुशता’ को संज्ञा दिएका छन्।

उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले नेपालले लामो बलिदानीपूर्ण संघर्षबाट निरंकुशतन्त्र परास्त गरी आफ्नै मौलिकताको लोकतान्त्रिक व्यवस्था स्थापना गरेको स्मरण गराएका छन्। तर अहिले लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै निरंकुश व्यवहार व्यहोर्नुपरेको उनको भनाइ छ।

पत्रकारलाई गिरफ्तार गर्ने, पत्रकार पक्राउ गर्न पत्रिकाका कार्यालयमा प्रहरी परिचालन गरी घेराबन्दी गर्ने, प्रहरीबाट प्रधानमन्त्रीको सचिवालयको चासोका कारण यस्तो गरिएको भन्ने आधिकारिक जानकारी आउने र प्रधानमन्त्रीको प्रेस सचिवालयले भने प्रधानमन्त्री तथा सचिवालयको यसमा कुनै सम्बन्ध र जानकारी नरहेको बताउने घटनाक्रमप्रति उनले आपत्ति जनाएका छन्।

‘यो सरकारले संविधानमाथि गरेको आक्रमण र निरंकुशता मात्र होइन, सरकारको न्यूनतम लोकतान्त्रिक आचरण र कार्यशैलीको घोर उल्लंघन हो,’ उनले लेखेका छन्।

सुशासन, समृद्धि र सामाजिक न्यायको नारा दिएर सत्तामा पुगेको सरकारले यस्तो कार्य गर्नु जनताको भावना र लोकतन्त्रमाथिको गैरजिम्मेवार खेलवाड भएको उनले बताएका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ १३:३२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी

चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै …

#नारायणकाजी
Compare →
Hamro Patro News
1w ago
सीपीसीको बैठकले लिएको निर्णय नेपालको लागि पनि महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ

सीपीसीको बैठकले लिएको निर्णय नेपालको लागि पनि महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको २० औ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको बारेमा गरेको यस्तो गोष्ठीले न...

#नारायणकाजी
Compare →
Ekantipur
2w ago
पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

#प्रेस #पत्रकारमाथिको
Compare →

Related Stories

Politics & Governance
Build #2611