Trending
Prev Story
Next Story

वर्षाले आज एनपीएलका खेलहरू प्रभावित हुने सम्भावना

Ekantipur •
October 31, 2026 • 07:01 AM
1
1 reads 0 reactions

देशभरकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको आाज शनिबारका खेलहरू प्रभावित हुने भएको छ ।

वर्षाले आज एनपीएलका खेलहरू प्रभावित हुने सम्भावना

देशभरकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको आाज शनिबारका खेलहरू प्रभावित हुने भएको छ ।

काठमाडौँ — देशभरकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारका खेलहरू प्रभावित हुने भएको छ ।

प्रतियोगिताको पाँचौं दिन आज शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने तालिका छ । पहिलो खेल दिउँसो १२.३० बजे हुने तालिका छ । तर वर्षाका कारण १२ बजे तोकिएको टस हुन सकेको छैन । १२.२० सम्म पनि वर्षा रोकिएको छैन । मैदान फुल कभर भए पनि बाउन्ड्री छेउहरू भिजेर पानी जमेका छन् । दुबै टोलीलाई स्टानबाई राखिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताएका छन् । मौसम पूर्वानुमानमा दिउँसो ३ बजेदेखि घाम लाग्ने पूर्वानुमान देखाए पनि पहिलो खेल हुने सम्भावना कमै देखिएको छ । लुम्बिनी र चितवन दुवैले पहिलो खेलमा विजय हात पारेका छन् । च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरमाथि ८ रनको विजय हात पारेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
7h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #सम्भावना
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
9h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Onlinekhabar
4h ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612