Trending
Prev Story
Next Story

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक …

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ‘लुडो गेम’ झण्डै २० करोड र ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी डाउनलोड भएको छ । यसबाहेक नेपालमा सयौँ युवाहरू गेम एप निर्माणमा सक्रिय रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र उद्योग विकासका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन् । उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।

‘सयौं युवाहरु गेम एप बनाउन तल्लिन हुनुहुन्छ । हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो गेम डेभलेपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं,’ उनले लेखेका छन्, ‘अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपालबाटै हामीले ग्लोबल युनिकन कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौं ।’

आईटी उत्पादन तथा निर्यातको क्षेत्र पनि सम्भावनापूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै...

#बालेन-शाह #बताए #बालेन
Compare →
Nagarik News
10h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611