Trending
Prev Story
Next Story

डोल्पामा फरार ८ कैदीबन्दीको विवरण सार्वजनिक, ५ जबरजस्ती करणी र ३ चोरी मुद्दाका

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट फरार हुनेमा पाँच जना जबरजस्ती …

डोल्पामा फरार ८ कैदीबन्दीको विवरण सार्वजनिक, ५ जबरजस्ती करणी र ३ चोरी मुद्दाका

१४ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदी बन्दीको विवरण सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट फरार हुनेमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी अनिलराज गिरीका अनुसार फरार हुने आठ जनामध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला कारागारमा रहेका १७ जना कैदीबन्दी तथा थुनुवामध्ये आठ जना शुक्रबार राति सुरुङ खनेर फरार भएका थिए। उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेको प्रारम्भिक विवरणमा उल्लेख छ।

शनिबार बिहान ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक गिरीसहितको टोली कारागार पुगेर घटनास्थलको निरीक्षण गरेको थियो।

प्रहरीले फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पार्नुका साथै सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

कारागारभित्रै पुरानो सेप्टी ट्याङ्की हुँदै चार मिटरभन्दा लामो सुरुङ खनेर एकैपटक आठ जना फरार हुनुले कारागारको आन्तरिक सुरक्षा र निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार

वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगञ्ज कारागारबाट फरार भएका छन् । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ...

#फरार #जबरजस्ती #कारागार
Compare →
Nagarik News
4d ago
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#डोल्पा #कारागार #कैदीबन्दी
Compare →
Ekantipur
5d ago
डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी

डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

#फरार #कारागार #डोल्पा
Compare →

Related Stories

Technology
Build #2611