Trending
Prev Story
Next Story

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत

Nagarik News •
October 31, 2026 • 04:09 AM
1
1 reads 0 reactions

त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत

त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभिन्न ९ वटा शीर्षकमा ७ सय ७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संचरना, कार्यप्रणाली, आचारंसहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखीकरण गर्ने, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारीहरू, क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्वन्धी दक्षता अभिवृद्धि गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।

जनशक्ति विकास तथा कल्याण परिषद्को अध्यक्षता गर्दै त्रि.विका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहले त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई थप दक्ष र प्रभावकारी संस्थागत उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन्।

साथै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विषयमा स्रोत र साधनको कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्रिवि समन्वय महाशाखाका प्रमुख एवं जनशक्ति विकास तथा कल्याण परिषद्का सदस्य सचिव दिपक तिवारीले 'दक्ष जनशक्ति, सक्षम कार्यालय, गुणस्तरीय सेवा प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय' भन्ने मूल भावका साथ शिक्षक तथा कर्मचारीको समयानुकूल वृत्ति विकास, उपलब्ध स्रोतसाधनको अधिकतमक सदुपयोग र उत्पादनशीलता बढाउन वर्षैभरि सुशासन र कार्यालय व्यवस्थापनसँग सम्बन्धी विभिन्न ९ वटा विषयवस्तुमा आधारित तालिम, वर्कशप र गोष्ठी सञ्चालन गरिने जानकारी गराएका थिए।

बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरू, क्याम्पस प्रमुखहरू एवं महाशाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १४ कार्तिक २०८३ ०९:५४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकस...

#कर्मचारी
Compare →
Ekantipur
3d ago
स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।

#शिक्षक
Compare →
Onlinekhabar
4d ago
रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले …

#बजेट
Compare →
Arthasansar
16h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Technology
Build #2612