Trending
Prev Story
Next Story

कुलेखानी जलाशय भरिन अझै साढे २ मिटर बाँकी

Ekantipur •
October 31, 2026 • 03:31 AM
1
1 reads 0 reactions

जलाधार क्षेत्रमा सामान्य वर्षा भएकाले कुलेखानी जलाशय भरिने अवस्थामा नरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले बताए।

कुलेखानी जलाशय भरिन अझै साढे २ मिटर बाँकी

जलाधार क्षेत्रमा सामान्य वर्षा भएकाले कुलेखानी जलाशय भरिने अवस्थामा नरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले बताए।

मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा शनिबार बिहानदेखि वर्षा भए पनि कुलेखानी जलाशय भरिने अवस्थामा छैन। जलाधार क्षेत्रमा सामान्य वर्षा भएकाले कुलेखानी जलाशय भरिने अवस्थामा नरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले बताए। 'कुलेखानी भरिने अवस्था आएमा पूर्वसूचना दिएर मात्रै बाँध खोल्नेछौँ,' उनले भने।

शनिबार बिहान ८ बजेसम्म कुलेखानी जलाशयमा एक हजार ५ सय २७ दशमलव ५० सेन्टिमिटर पानी संकलन भएको छ। शनिबार बिहान ६ बजे जलाशयमा पानीको सतह एक हजार ५ सय २७ दशमलव ४२ सेन्टिमिटर रहेको थियो। दुई घण्टामा जलाशयमा ८ सेन्टिमिटर पानी थपिएको छ। 'जलाधार क्षेत्रमा शुक्रबारभन्दा शनिबार बिहान अलि बढी वर्षा भएको छ,' कुलेखानी प्रथमका प्रमुख राउतले भने, 'जलाधार क्षेत्रमा असोजको जस्तो भारी वर्षा भएको छैन।'

कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ। आवश्यक परे ड्यामको बाँधमा बालुवाको बोरा राखेर ५० सेन्टिमिटर थप पानी संकलन गर्न सकिन्छ, कुलेखानी जलविद्युत् आयोजनाका एक प्राविधिकले भने। नेपाल विद्युत् प्राधिकरणको 'ब्याकअप'का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय भरिन अझै साढे २ मिटर बाँकी छ। 'तत्काल जलाशय भरिने अवस्था छैन, जलाधार क्षेत्रमा पानी पर्ने क्रम घट्दो छ,' कुलेखानी जलविद्युत् आयोजनाका एक अधिकृतले भने।

कुलेखानी जलाशयका सातवटा जलाधार क्षेत्रको क्षेत्रफल १ सय ६६ वर्ग किलोमिटर रहेको छ। जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ। तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ। कुलेखानी प्रथमबाट ६० मेगावाट विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कुलेखानी जलविद्युत् आयोजनाले जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्छ भनेर साइरनको व्यवस्था गरेको छ।

कुलेखानी जलाशयको तल्लो तटीय भाग सिस्नेरीलगायतका क्षेत्रमा साइरन जडान गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाका अनुसार कुलेखानी जलाशयको बाँधमा पानीको सतह एक हजार ५ सय २९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ। कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ। त्योभन्दा बढी भएपछि बाँधको ढोका खोल्नुपर्छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#कुलेखानी
Compare →

Related Stories

Education & Youth
Build #2611