Trending
Prev Story
Next Story

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते

Ekantipur •
October 19, 2026 • 08:53 AM
1
1 reads 0 reactions

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

काभ्रे — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको हायस सोमबार बिहान करिब २:२५ बजे अनियन्त्रित भई बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा हायस चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाईं र उनका नौ वर्षीय छोरा रितिक आपागाईं घाइते भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

उनका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #दुर्घटना
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#घाइते #दुर्घटना
Compare →
Onlinekhabar
15h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2611