Trending
Prev Story
Next Story

रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार

Onlinekhabar •
October 13, 2026 • 06:19:03 PM
1
1 reads 0 reactions

२७ असोज, काठमाडौं । नुवाकोट विदुर नगारपालिका–१० बेत्रावतीका नारायणमान डंगोल बाढीबाट विस्थापित भएपछि गत २४ भदौदेखि स्वारडाँडास्थित टेन्टमा बसिरहेका छन् । अझै कति समय टेन्टमा बस्नुपर्ने हो टुंगो छैन । ‘१० गते बाढी आयो । तीन/चार …

रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार

२७ असोज, काठमाडौं । नुवाकोट विदुर नगारपालिका–१० बेत्रावतीका नारायणमान डंगोल बाढीबाट विस्थापित भएपछि गत २४ भदौदेखि स्वारडाँडास्थित टेन्टमा बसिरहेका छन् । अझै कति समय टेन्टमा बस्नुपर्ने हो टुंगो छैन ।

‘१० गते बाढी आयो । तीन/चार दिन तितिरबितर भइयो । त्यसपछि टेन्टमा बसिरहेका छौँ,’ उनले अनलाइनखबरसित भने, ‘दशैं आयो टेन्टको बसाइ छ । दिउँसो टेन्टमा गर्मी बेलुका शीत झर्छ ।’

बेत्रावतीका लगभग २५ घरधुरी स्वारडाँडामा टेन्ट टाँगेर बसेका छन् । ‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन्,’ उनले भने, ‘दशैं तिहार रुँदै टेन्टमै मनाउनुपर्ने भयो ।’ रसुवा बाढीबाट विस्थापित भएका नुवाकोटका धेरैजसो स्थानीयले होल्डिङ सेन्टर छोडिसकेका छन् । तर बेत्रावतीका स्थानीय भने अझै टेन्टमै छन् ।

‘गाउँ छोडेर जान सकिँदैन । आफन्तकोमा जाने ठाउँ छैन । १५ हजार रुपैयाँले कोठा भाडामा लिएर बस्न नसक्नेहरू टेन्टमा बसिरहनुभएको छ,’ स्थानीय शशि डंगोलले भने, ‘बसोबासको प्याकेज नआएसम्म टेन्टमै बस्ने हो । १५ हजार नलिनेहरू पनि बसिरहनुभएको छ । तर सरकारले टेन्टभन्दा राम्रो योजना पनि ल्याइरहेको छ ।’

उनका अनुसार ६ महिनालाई पुग्ने खाद्यान्न छ । ‘खान समस्या छैन । थातथलो छोड्न सकिँदैन । अन्त गएर बस्न सकिँदैन । सरकारले छिटो पुनर्वासको व्यवस्था गरोस् । चिसो हुन थाल्यो । अब स्थायी बसोबासको प्रबन्ध हुनुपर्छ,’ उनले भने ।

बेत्रावतीका कोही बटार र कोही काठमाडौंमा बसिरहेका छन् । ‘कहिले काठमाडौं, कहिले बटार, कहिले स्वारडाँडामा गइरहेको छु । बस्ने ठेगान नै छैन,’ स्थानीय ईश्वर थापाले भने ।

बेत्रावतीकै इन्द्रमाया डंगोल पनि कहिले बटार त कहिले स्वारडाँडा गइरहेकी छिन् । ‘छोरो स्वारडाँडामा छ । म बटारमा छु,’ उनले भनिन् ।

सरकारबाट १५ हजार रुपैयाँ बुझेका धेरैजसोले भने होल्डिङ सेन्टर छोडेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि बेत्रावतीका २५ घरधुरी जति टेन्टमा रहेको जनाएको छ । ‘२५ घरधुरी टेन्टमा हुनुहुन्छ । अरू आ–आफ्नो हिसाबले बस्नुभएको छ,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने ।

उनका अनुसार विदुर–५ मा रसुवा जिल्लाका विस्थापित पनि टेन्टमा बसेका छन् । ‘रसुवाका विस्थापित ३८० भन्दा बढी हुनुहुन्छ । उहाँहरू टेन्टमा बस्नुभएको छ । राहत र टेन्टको व्यवस्था हामीले गरेका छौँ,’ उनले भने, ‘कागजी सरकारी काम रसुवाबाट भएको छ । समस्या समाधान गर्न त्यही ठाउँमा रसुवाको सम्पर्क कार्यालय पनि छ ।’

उनीहरू रसुवा जाने वा त्यतै बस्ने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । ‘यता बस्ने वा उता जाने उहाँहरूले रोज्ने हो । त्यो काम छिट्टै हुन्छ,’ उनले भने । रसुवामा अहिले पनि ५ वटा होल्डिङ सेन्टर छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीबाट विस्थापित भएका २१८ जना होल्डिङ सेन्टरमा छन् । सिड्स, भीमसेनस्थान मावि, कोमेन मावि, लिंग्लिंग कानिग छोलिंग गुम्बा र गणेश माविमा विस्थापितलाई राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नीलकण्ठ माविलाई छात्रवास बनाइएको छ । जहाँ बाढीबाट विस्थापित भएका सहितका विद्यार्थीलाई राखिएको छ ।

‘५ वटा होल्डिङ सेन्टर छन् । एउटा छात्रावास बनाइएको छ,’ उनले भने । विस्थापित भएकालाई अस्थायी र स्थायी बसोबासको प्रक्रिया अगाडि बढेको उनले बताए । ‘अस्थायीमा बस्ने कि स्थायीमा जाने भनेर कुरा भइरहेको छ । स्थानीय तहले ठाउँ पनि पठाएको छ । अब दशैंपछि कहाँ बस्ने टुंगो लाग्छ,’ उनले भने ।

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी #तिहार
Compare →
Hamro Patro News
2d ago
किन विस्थापित हुँदैछन् रानाथारुका पहिचान झल्काउने परम्परागत घर?

किन विस्थापित हुँदैछन् रानाथारुका पहिचान झल्काउने परम्परागत घर?

काठमाडौँ- रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन्। माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्र...

#विस्थापित
Compare →
Ekantipur
2d ago
दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

#दसैँ #तिहार
Compare →

Related Stories

National (Nepal)
Build #2612