Trending
Prev Story
Next Story

शनिबारदेखि नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप

Ekantipur •
October 30, 2026 • 03:31 PM
1
1 reads 0 reactions

शनिबार र आइतबार सञ्चालन हुने प्रतियोगिताका लागि साढे २ लाख रुपैयाँ खर्च गरेर पोखरी सफा गरिएको हो ।

शनिबारदेखि नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप

शनिबार र आइतबार सञ्चालन हुने प्रतियोगिताका लागि साढे २ लाख रुपैयाँ खर्च गरेर पोखरी सफा गरिएको हो ।

काठमाडौँ — नेपालगन्जमा शनिबारबाट सुरु हुुने तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको तयारी पूरा भएको छ । च्याम्पियनसीपका लागि  नेपालगन्ज रंगशालास्थित पौडी पोखरी सफाइलगायतका तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिबार र आइतबार सञ्चालन हुने प्रतियोगिताका लागि साढे २ लाख रुपैयाँ खर्च गरेर पोखरी सफा गरिएको हो ।

नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले पोखरीको नियमित सफाइ र संरक्षण नगरिँदा प्रतियोगिताको आयोजनाका क्रममा अतिरिक्त आर्थिक भार हुने गरेको बताए । ‘प्रतियोगिता आयोजना गर्दा पोखरीको सरसफाइ मुख्य समस्या हुन्छ,’ उनले भने, ‘केमिकललगायत पोखरी सफाइमा मात्रै साढे २ लाख रुपैयाँ खर्च भइसक्यो ।’

उनका अनुसार पौडी प्रतियोगिताका लागि पोखरी सफा गर्नुका साथै पानीको गुणस्तर र प्राविधिक व्यवस्थापनमा ध्यान दिनुपर्छ । प्रतियोगिताका बेलामात्रै सफाइ गर्ने अवस्थाको अन्त्य गरी नियमित सरसफाइ र संरक्षणको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

प्रतियोगितामा सहभागिताका लागि स्वदेशी तथा छिमेकी मुलुक भारतबाट खेलाडी  आउने क्रम जारी छ । आयोजकका अनुसार नेपालका विभिन्न स्थानसँगै भारतको लखनउ, दिल्ली र पञ्जाबबाट खेलाडी सहभागी हुनेछन् । नेपालबाट करिब १५० र भारतका ५० गरी झन्डै २०० खेलाडी प्रतिस्पर्धामा उतार्ने लक्ष्य राखिएको आयोजकले जनाए ।

प्रतियोगितामा ८ देखि १७ वर्षसम्मका विभिन्न उमेर समूह तथा १७ वर्षमाथि खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफलाई, रिले र व्यक्तिगत मेडले विधामा गरी ८० इभेन्ट सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवं इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले जानकारी दिए ।

स्थानीय खेलाडीलाई प्रतियोगिताका लागि तयार गर्न प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण गराइरहेका छन् । नेपाल स्वीमिङ एसोसिएसनसँतको सहकार्यमा आयोजना हुने प्रतियोगिताका लागि नबिल बैंक टाइटल स्पोन्सरका रूपमा जोडिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च लाग्ने अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि नेपालगन्जका स्वीमिङ पुलभएका ४ तारे स्तरका होटलमा निःशुल्क बसोबास र खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

मध्य पश्चिमाञ्चल खेलकुद विकास समिति प्रमुख महेश चन्दले पोखरीको सफाइमा लाखौँ रुपैयाँ खर्च भएको दाबी अस्वीकार गरेका छन् । उनका अनुसार पोखरी सफाइमा प्रयोग हुने केमिकलको खर्च मात्रै आयोजकले व्यहोरेको हो । जनशक्ति समितिले नै परिचालन गरेको उनले बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप: २४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप: २४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ। नेपाल पौडी संघ...

#नेपालगन्ज #स्वीमिङ #च्याम्पियनसीप
Compare →
Nagarik News
2w ago
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

#शनिबार
Compare →

Related Stories

World News
Build #2611