Trending
Prev Story
Next Story

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

Ekantipur •
October 20, 2026 • 01:00 PM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

झापा — झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आक्रमणबाट घाइते भएका राजवंशीलाई सुरुमा बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल पठाइएको थियो। पछि उनलाई बीएण्डसी अस्पताल लगेर आईसीयूमा उपचार गर्ने क्रममा बिहान १०:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानवहात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि...

#हात्ती #झापा #जनाको
Compare →
Nagarik News
11h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#हात्ती #झापा
Compare →
Onlinekhabar
18h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#हात्ती #मृत्यु
Compare →
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2612