Trending
Prev Story
Next Story

अपडेट : पत्रकार पक्राउ गर्न भन्दै अढाइ घण्टादेखि बसिरहेका छन् नयाँ पत्रिका कार्यालयमा प्रहरी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । पत्रकारलाई पक्राउ गर्न पुगेका प्रहरीहरू साढे दुई घण्टादेखि नयाँ पत्रिका दैनिकको कार्यालयमा बसिरहेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले …

अपडेट : पत्रकार पक्राउ गर्न भन्दै अढाइ घण्टादेखि बसिरहेका छन् नयाँ पत्रिका कार्यालयमा प्रहरी

१३ कात्तिक, काठमाडौं । पत्रकारलाई पक्राउ गर्न पुगेका प्रहरीहरू साढे दुई घण्टादेखि नयाँ पत्रिका दैनिकको कार्यालयमा बसिरहेका छन् ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले पनि कार्यालय परिसरमै छन् ।

५ जना प्रहरीहरू सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा प्रवेश गरेका थिए । अहिले पनि पत्रिकाको कार्यालय मुनि हतियारसहितका बर्दीधारी प्रहरी बसिरहेको सम्पादक खगेन्द्र पन्तले जानकारी दिए ।

उनका अनुसार समाचार कक्ष भन्दा बाहिर निस्किए पनि प्रहरीहरू कार्यालय नजिक, भर्‍याङ र लिफ्टमा बसिरहेका छन् । संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै उनीहरू कार्यालय गएका हुन् ।

‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने । यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलगायतका पत्रकारहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
२४ घण्टामा  कारबाहीमा परे ५५७ चालक

२४ घण्टामा कारबाहीमा परे ५५७ चालक

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक ...

#घण्टा
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#घण्टा
Compare →
Ekantipur
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#घण्टा
Compare →

Related Stories

National (Nepal)
Build #2611