Trending
Prev Story
Next Story

सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

Nagarik News •
October 30, 2026 • 01:17 PM
1
1 reads 0 reactions

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।

सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन।

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित: १३ कार्तिक २०८३ १९:०२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

१९ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ । सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई …

#सरुवा #रद्द
Compare →
Hamro Patro News
1w ago
प्रतिशोध होइन, कार्यसम्पादनका आधारमा बढुवा र सरुवा हुन्छ : आईजीपी केसी

प्रतिशोध होइन, कार्यसम्पादनका आधारमा बढुवा र सरुवा हुन्छ : आईजीपी केसी

१९ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र प्रतिशोधपूर्ण व्यवहार नगर्ने र कर्मचारीको बढुवा तथा सरुवा कार्यसम्पादनका आधारमा गर्ने बताएका छन् ...

#सरुवा
Compare →
Ekantipur
1w ago
भदौदेखि किन रोकियो प्रहरी सरुवा ? बुझ्नैपर्ने ५ कारण

भदौदेखि किन रोकियो प्रहरी सरुवा ? बुझ्नैपर्ने ५ कारण

आईजीपीले सरुवाको प्रस्ताव अघि बढाए पनि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट स्वीकृति नपाउँदा सरुवा प्रक्रिया अलपत्र परेको छ ।

#सरुवा
Compare →

Related Stories

National (Nepal)
Build #2611