Trending
Prev Story
Next Story

नेपाल प्रेसका अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरोमा

Nagarik News •
October 30, 2026 • 01:09 PM
1
1 reads 0 reactions

प्रहरीको फोनपछि दुवै जना ब्यूरो पुगेका हुन्। नेपाल प्रेसका प्रधानसम्पादक पौडेलका अनुसार समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै प्रहरीले आफूहरूलाई बोलाएको हो।

1 / 2
Swipe Photos

नेपाल प्रेसको प्रकाशन संस्था नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई प्रहरीले साइबर ब्यूरोमा बोलाएको छ।

प्रहरीको फोनपछि दुवै जना ब्यूरो पुगेका हुन्। नेपाल प्रेसका प्रधानसम्पादक पौडेलका अनुसार समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै प्रहरीले आफूहरूलाई बोलाएको हो।

यसअघि प्रहरीले नेपाल प्रेसको कार्यालयमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो। सुवेदी पक्राउ परेको केही समयपछि अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेललाई पनि ब्यूरोमा उपस्थित हुन भनिएको हो।

प्रहरी स्रोतका अनुसार नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको सम्बन्धी समाचारलाई लिएर सोधपुछ गर्न खोजिएको हो।

यस घटनाप्रति पत्रकारहरूले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै निन्दा गरेका छन्। घटनाबारे जानकारी पाएपछि नेपाल पत्रकार महासंघका पदाधिकारीसहित विभिन्न सञ्चारकर्मी साइबर ब्यूरो पुग्न थालेका छन्।

पत्रकार पक्राउ तथा सम्पादकीय नेतृत्वलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारिताको निर्भीकताबारे पुनः बहस सिर्जना गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १८:५४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश रोक्न आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको...

#प्रेस #पौडेल
Compare →
Onlinekhabar
4d ago
राष्ट्रपति पौडेलबाट गाईपूजा

राष्ट्रपति पौडेलबाट गाईपूजा

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाएका …

#पौडेल
Compare →

Related Stories

Technology
Build #2611