Trending
Prev Story
Next Story

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

Hamro Patro News •
October 30, 2026 • 09:56 AM
1
1 reads 0 reactions

भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनाप...

1 / 2
Swipe Photos

भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण संकलन र जोखिमको मूल्यांकन गरिरहेका छन् ।

डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । राति करिब ८:१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
भुटानमा हिमताल फुटेर बाढी : तातोपानीको कुण्ड बगायो, भारतमा चेतावनी जारी

भुटानमा हिमताल फुटेर बाढी : तातोपानीको कुण्ड बगायो, भारतमा चेतावनी जारी

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) आउँदा ठूलो क्षति भएको छ।

#भुटान #गासा #हिमताल
Compare →
Ekantipur
2w ago
भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

बाढीले पर्यटकीय महत्वको कुण्ड बगाउनुका साथै दुर्गम बस्ती जोड्ने सडक काटेपछि भुटानदेखि पश्चिम बङ्गालसम्म सतर्कता बढाइएको छ।

#भुटान #कुण्ड #हिमताल
Compare →
Onlinekhabar
3w ago
भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ …

#भुटान #हिमताल #विस्फोट
Compare →
Bizshala
2w ago
जलवायु विपद् पूर्वतयारीमा नेपालका तीन प्रस्ताव, हिमताल र पहिरो निगरानीका लागि अन्तरिक्ष सहकार्यमा जोड

जलवायु विपद् पूर्वतयारीमा नेपालका तीन प्रस्ताव, हिमताल र पहिरो निगरानीका लागि अन्तरिक्ष सहकार्यमा जोड

काठमाण्डौ ।  जलवायु परिवर्तनका कारण नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो बाढी, पहिरो र हिमताल विस्फोटको...

#हिमताल
Compare →
Setopati
2w ago
चार हिमतालको पानी घटाउने योजना, ६ नदी बेसिनमा बाढीको पूर्वसूचना विस्तार गरिने

चार हिमतालको पानी घटाउने योजना, ६ नदी बेसिनमा बाढीको पूर्वसूचना विस्तार गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्।

#हिमताल
Compare →

Related Stories

Technology
Build #2612