Trending
Prev Story
Next Story

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण, कम मिहिनेतमै लाखौँ आम्दानी

Nagarik News •
October 30, 2026 • 09:48 AM
1
1 reads 0 reactions

कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्।

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण, कम मिहिनेतमै लाखौँ आम्दानी

कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्।

जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीँ अहिले मौरीका घार राखिएका छन्। जङ्गलका रुखबिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण बढ्दै गएको छ।

खेती गर्न कठिन जमिनलाई समेत उपयोगमा ल्याएर आम्दानी गर्न सकिने भएपछि स्थानीय किसानका लागि मौरीपालन वैकल्पिक पेसामात्र नभई आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ। थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने यस व्यवसायले ग्रामीण क्षेत्रमा नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको छ।

धनकुटा नगरपालिका–१ का दुर्गा दर्लामी यसका एक उदाहरण हुन्। उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ। पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्न सक्नु उनका लागि सन्तुष्टिको विषय बनेको छ। परम्परागत खेतीपातीबाट पर्याप्त लाभ लिन कठिन हुने ठाउँमा मौरीपालनले आम्दानीको सम्भावना देखाएको उनको भनाइ छ।

दर्लामीको जस्तै अनुभव विदेशबाट फर्किएका शुक्र राईको पनि छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मौरीपालनमा सम्भावना देखे र यही व्यवसायलाई आफ्नो कर्मथलो बनाए। सामान्य रूपमा सुरु गरेको मौरीपालन अहिले उनको व्यावसायिक पहिचान बनेको छ।

हाल राईसँग २०० भन्दा बढी आधुनिक मौरीघार छन्। उनले मौरीपालनसँगै आधुनिक मौरीघार उत्पादन गर्ने उद्योगसमेत सञ्चालन गरिरहेका छन्। वार्षिक ५०० देखि ७०० वटासम्म मौरीघार निर्माण गरी मौरीसहित र घारमात्रै बिक्री गर्दै आएको उनको भनाइ छ। मह, मौरी र मौरीघार बिक्रीबाट उनले वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

धनकुटाको भौगोलिक बनावट र हावापानी मौरीपालनका लागि अनुकूल मानिन्छ। विशेषगरी जिल्लाको तल्लो क्षेत्रका गर्मी हुने भूभाग, वनजङ्गल र खोला नजिकका स्थान मौरीपालनका लागि उपयुक्त देखिएका छन्। वनजङ्गलमा पाइने विभिन्न वनस्पति र फूलबाट मौरीले आहारा सङ्कलन गर्न पाउने भएकाले यस्ता क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ। खेतीयोग्य जमिनको अभाव वा चट्टानी भूभागका कारण कृषि उत्पादन गर्न नसकिने ठाउँलाई समेत मौरीपालनमा उपयोग गर्न सकिन्छ।

यही प्राकृतिक अनुकूलताका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किसानले मौरीका घार विस्तार गर्न थालेका छन्। कम जमिनमा पनि सञ्चालन गर्न सकिने र अन्य कृषि गतिविधिसँगै व्यवस्थापन गर्न सकिने भएकाले यस व्यवसायले किसानको ध्यान तानिरहेको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ। जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिक टन मह उत्पादन हुने गरेको छ। मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेको केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए।

उनले यो तथ्याङ्कले धनकुटामा मौरीपालन व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित नरही जिल्लाकै कृषि अर्थतन्त्रमा योगदान पुर्‍याउने व्यवसायका रूपमा विकास भइरहेको देखाएको बताए।

धनकुटामा उत्पादन हुने महको बजार पनि विस्तार हुँदै गएको छ। स्थानीय बजारदेखि तराईका विभिन्न सहर र काठमाडौँ उपत्यकासम्म यहाँको मह पुग्ने गरेको छ। उत्पादित मह अन्तर्राष्ट्रिय बजारसम्मसमेत पुग्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। विषादीरहित उत्पादनका रूपमा बजारमा पहिचान बनाउन सकेको धनकुटाको महप्रति उपभोक्ताको आकर्षण बढेको छ।

बजारको माग र बिक्रीको सम्भावनाले किसानलाई उत्पादन विस्तार गर्न थप उत्साहित बनाएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा जिल्लाकै बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ।

सम्भावना हुँदाहुँदै पनि मौरीपालन व्यवसाय चुनौतीमुक्त भने छैन। विशेषगरी जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारीखेतीमा विषादीको प्रयोगले मौरीपालनमा समस्या सिर्जना गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रानामगरले बताए।

विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्ने भएकाले मौरीपालक किसानका लागि यो गम्भीर चुनौती बनेको छ। कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबीच समन्वय र सचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ।

आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरीको स्वास्थ्य व्यवस्थापन, उत्पादनको गुणस्तर र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानको भनाइ छ। कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। यसबाट कृषि क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्र प्रमुख रानामगरको भनाइ छ।

प्रकाशित: १३ कार्तिक २०८३ १५:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान

सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान

धनकुटा- धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजि...

#धनकुटा #किसान #लाखौँ
Compare →
Ekantipur
4d ago
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

#आम्दानी #किसान
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#आम्दानी
Compare →
Onlinekhabar
6d ago
धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ । रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो …

#धनकुटा
Compare →

Related Stories

Technology
Build #2612