Trending
Prev Story
Next Story

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औं पटक रक्तदान

Nagarik News •
October 30, 2026 • 09:40 AM
1
1 reads 0 reactions

अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औं पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ९५ औं पटक रक्तदान गरेका छन्।

अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको हो। त्यसै अवसरमा यसअघि पनि पटकपटक रक्तदान गर्दै आएका अध्यक्ष लिङ्देनले आज अर्कोपटक रक्तदान गरेका हुन्।

“बिहीबार घरबाट पार्टी कार्यालय आउॅदै थिए, मोटरमा समाचार सुन्दै गर्दा अस्पतालहरुमा रगतको अभाव देखिन थालेको भन्ने समाचार सुनें, पार्टी कार्यालय पुग्नासाथ रक्तदान कार्यक्रम गरौं भन्ने भयो र आज नै रक्तदान कार्यक्रम राखियो मात्र होइन मैले ९५ औं पटक रक्तदान समेत गरें”, अध्यक्ष लिङ्देनले भने ।

त्यस अवसरमा अध्यक्ष लिङ्देनले रक्तदान कुनै औपचारिक कार्यक्रम वा एक दिनको अभियान मात्र नभई जीवनभर आत्मसात गर्न सकिने सामाजिक जिम्मेवारी हो भन्ने ठान्न र मानवीय दायित्व पूरा गर्न पार्टीका सबै तहका साथीहरुलाई आग्रह समेत गरे।

रक्तदान कार्यक्रममा राप्रपा सांसद खुस्बु ओली, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाललगायत युवाहरुले रक्तदान गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ १५:२५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
पाँच पटकको च्याम्पियन मुम्बईमा कप्तान परिवर्तनको तयारी किन गरियो ?

पाँच पटकको च्याम्पियन मुम्बईमा कप्तान परिवर्तनको तयारी किन गरियो ?

पाँच पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किङ्ससँग ट्रेड गर्ने तयारी गरेको छ । उनको स्थानमा भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोल...

#पटक
Compare →
Onlinekhabar
5d ago
रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

२२ कात्तिक, काठमाडौं । रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता …

#रक्तदान
Compare →
Bizshala
1w ago
दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः...

#पटक
Compare →

Related Stories

Health & Wellness
Build #2612