पाँच पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किङ्ससँग ट्रेड गर्ने तयारी गरेको छ । उनको स्थानमा भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउने मुम्बईको योजना रहेको छ ।
क्रिकइन्फोका अनुसार मुम्बई र पञ्जाब दुवै फ्रेन्चाइजले प्रस्तावित खेलाडी साटफेरप्रति आफ्नो चासो आईपीएलसमक्ष व्यक्त गरिसकेका छन् । अहिले ट्रेड प्रक्रियालाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसका लागि दुवै खेलाडीको लिखित सहमति लिन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )