Trending
Prev Story
Next Story

२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो । साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् …

२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च

१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो ।

साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् अघिल्लो दिनको तुलनामा शुक्रबार नेप्से ५.४५ अंक घट्यो ।

अघिल्लो दिन नेप्से ३१ अंक बढेर २६९५ अंकमा कायम भएको थियो । बजार परिसूचक नेप्से घटे पनि आज कारोबार रकम ७ महिनायताकै उच्च भएको छ । आज ८ अर्ब ८९ करोडको कारोबार भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । अघिल्लो दिन ८ अर्ब ५५ करोडको कारोबार भएको थियो ।

१०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज विकास बैंक समूहमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.३०, अन्य ०.१५ तथा व्यापार ०.२५ प्रतिशत बढे ।

बैंकिङ ०.४४, फाइनान्स ०.४७, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.५७, लगानी ०.२२, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.३८ र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत घटे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै स्वाभिमान लघुवित्तको १२.११, लुम्बिनी विकास बैंकको ७, ग्रिन डेभलपमेन्ट बैंकको ६.६४, सप्तकोशी विकास बैंकको ५.४४, मेरो माइक्रोफाइनान्सको ३.७३, रसुवागढी हाइड्रोपावरको ३.५९ प्रतिशत मूल्य बढ्यो ।

मेन्छियाम हाइड्रोपावरको मूल्य ४.०८, सुपर खुदी हाइड्रोपावरको ३.७८, सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स तथा सोनापुर मिनरल्स क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Hamro Patro News
10h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
11h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Ekantipur
11h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2611