काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौं मा नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ।
अघिल्लो ९औँ समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेशनल र कार्यक्षेत्र गरी तीनवटै तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदान मार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षा नेतृत्वबीच संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू,परराष्ट्र र गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने भारतको तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू,काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि र विदेश तथा गृह मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
Read full story at source ( rajdhanidaily.com )