Trending
Prev Story
Next Story

नियामकीय निकाय स्वार्थ समूहसँग केन्द्रित हुँदा सेयर बजार  अहिलेको अवस्थामा पुग्यो - महासचिव कँडेल

Arthasansar •
October 13, 2026 • 06:20:53 PM
1
1 reads 0 reactions

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेल (रविन) ले सेयर बजारका विषयमा अर्थ मन्त्रालय र सम्बन्धित निकायले सीमित व्यक्ति...

नियामकीय निकाय स्वार्थ समूहसँग केन्द्रित हुँदा सेयर बजार  अहिलेको अवस्थामा पुग्यो - महासचिव कँडेल

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेल (रविन) ले सेयर बजारका विषयमा अर्थ मन्त्रालय र सम्बन्धित निकायले सीमित व्यक्ति तथा स्वार्थ समूहसँग मात्रै सहकार्य गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले यही प्रवृत्तिका कारण नेपालको सेयर बजारको वर्तमान अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन समयअनुकूल बलियो कानुन आवश्यक रहेको बताए । २०६३ सालको कानुन र पुराना निर्देशिकाका आधारमा पूँजी बजार सञ्चालन भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ तथा संशोधित कानुन ल्याउनुपर्नेमा जोड दिए । नियामकको अधिकार स्पष्ट गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने गरी धितोपत्र बोर्डसम्बन्धी विशिष्टीकृत ऐन आवश्यक रहेको उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#निकाय
Compare →
Onlinekhabar
3d ago
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

२४ कात्तिक, क्यानबेरा (रासस/सिन्ह्वा)। सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार …

#निकाय
Compare →

Related Stories

Business & Economy
Build #2611