Trending
Prev Story
Next Story

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्छौं : शिक्षा मन्त्रालय

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोगको …

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्छौं : शिक्षा मन्त्रालय

१३ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोगको स्थापना, छात्रवृत्ति व्यवस्थापन र देशभर चिकित्सा शिक्षाको पहुँच विस्तारलाई सहमति कार्यान्वयनका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको हो ।

मन्त्रालयका अनुसार चिकित्सा शिक्षालाई नीतिगत तथा संस्थागत रूपमा व्यवस्थित बनाउने, शैक्षिक अवसर विस्तार गर्ने र सुशासन कायम गर्ने दिशामा विभिन्न सुधारका काम भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि चिकित्सा शिक्षा आयोग स्थापना भएको र आयोगमार्फत साझा प्रवेश परीक्षा सञ्चालन, तहगत तथा विधागत कोटा निर्धारण, छात्रवृत्तिमा विद्यार्थी छनोट तथा व्यवस्थापन र शैक्षिक संस्थाको नियमनसम्बन्धी काम हुँदै आएको छ ।

“विभिन्न समयमा यस विषयमा भएका अध्ययन, कार्यदलका प्रतिवेदन एवम् अपेक्षित सुधारका विषयहरूको चरणबद्ध कार्यान्वयनबाट आज चिकित्सा शिक्षा सापेक्षित रूपमा व्यवस्थित, नेपालको आकर्षणको विषय बनेको छ,’विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षाको पहुँच विस्तारका लागि सरकारले विभिन्न प्रदेशमा शैक्षिक संस्था स्थापना तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाका लागि पूर्वाधार विकाससँगै पठनपाठनसमेत सुरु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएर यस वर्षदेखि चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि शैक्षिक संस्थाको पूर्वाधार विकास भइरहेको मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगमार्फत शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया, तहगत तथा विधागत कोटा निर्धारण र विद्यार्थी भर्ना व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी तथा मापदण्डमा आधारित बनाइएको मन्त्रालयको दाबी छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, नियमावली २०७७ तथा सम्बन्धित मापदण्डअनुसार छात्रवृत्ति कोटा निर्धारण गरी ठूलो सङ्ख्यामा विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक २०८३ साउन ११ मा डा.केसीसँग भएको सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन भई क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।

‘पछिल्लो सहमतिमा भएका बुँदा कार्यान्वयनका लागि कार्यदलहरू गठन भई क्रियाशील छन्,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षा सुधारका साथै शिक्षा क्षेत्रको सेवा प्रवाह र सुशासनका विषयलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यता केसीले बिहिबारबाट २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्।

चिकित्सा शिक्षा आयोगले न्यूनतम आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिबिनै गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु शैक्षिक सत्रदेखि एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको र विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरेको भन्दै उनले खारेजी गर्न माग अगाडि सारेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति भएपछि अनशन तोडेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ...

#गोविन्द #केसी
Compare →
Nagarik News
6d ago
यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ।

#गोविन्द #केसी
Compare →
Ekantipur
6d ago
गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

#चिकित्सा #केसी
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी
Compare →

Related Stories

Education & Youth
Build #2611