Trending
Prev Story
Next Story

साँगा–धुलिखेल सडक विस्तारको काम तीव्र गतिमा

Nagarik News •
October 30, 2026 • 07:27 AM
1
1 reads 0 reactions

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ।

साँगा–धुलिखेल सडक विस्तारको काम तीव्र गतिमा

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ।

थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक  बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ।

त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो।

भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकखण्डलाई छ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो।

साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते भएको सम्झौता अनुसार २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने थियो।

त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो।

सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए।

उनका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ। भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ।

भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ हालसम्म साढे तीन किलोमिटर सडक छ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिए।

‘साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी  सडकमध्ये साढे छ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ’, महतोले भने।

साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ।

भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक छ–लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिए। भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ।

सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित रु तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले समयसीमाभित्र मुख्य कामसक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ।

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्गअन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ।

ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ। रासस

प्रकाशित: १३ कार्तिक २०८३ १३:१२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन निर्देशन

सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन निर्देशन

१६ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति र सांसदहरूले सूर्यविनायक–धुलिखेल सडक निर्माण तीव्र बनाउन निर्देशन दिएका छन् । सोमबार पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सूर्यविनायक-धुलिखेल सडक आयोजनाका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा काभ्रे-२ का …

#धुलिखेल #तीव्र
Compare →
Ekantipur
1w ago
अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सडक विस्तार रोकिँदा ढुंगा, माटो र इँटा असरल्ल छन्, जसले यातायात तथा पैदलयात्रु जोखिममा परेका छन्।

#विस्तार
Compare →
Hamro Patro News
1w ago
मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सुरक्षित आवा...

#विस्तार
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#विस्तार
Compare →

Related Stories

Technology
Build #2611