Trending
Prev Story
Next Story

अण्डाको होलसेल मूल्य बढ्यो

Nagarik News •
October 30, 2026 • 06:34 AM
1
1 reads 0 reactions

चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ।

अण्डाको होलसेल मूल्य बढ्यो

चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ। चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो।

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ। १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ। १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए। एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ। फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए। पर्वहरू सँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए। रासस

प्रकाशित: १३ कार्तिक २०८३ १२:१९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2w ago
जाडो सुरु भएसँगै बढ्यो अण्डाको होलसेल मूल्य, खुद्रा मूल्य भने यथावत

जाडो सुरु भएसँगै बढ्यो अण्डाको होलसेल मूल्य, खुद्रा मूल्य भने यथावत

काठमाण्डौ । चाडपर्वसँगै जाडोयाम सुरु भएपछि बजारमा माग बढ्दा अण्डाको होलसेल मूल्य बढाइएको छ।नेपाल लेयर्स कुखुरापालक...

#अण्डा #होलसेल
Compare →
Hamro Patro News
2w ago
कुखुरापालक संघले बढायो अण्डाको मूल्य बढ्यो

कुखुरापालक संघले बढायो अण्डाको मूल्य बढ्यो

चितवन- अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ। चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो। यसअघि ६ कात्तिकमा काठमाडौ...

#अण्डा #बढेपछि
Compare →

Related Stories

Business & Economy
Build #2612