Trending
Prev Story
Next Story

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी …

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखिएको छैन ।

उनीहरू दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ । अहिले उनीहरूलाई त्यही राखिएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘नियन्त्रण गरेर ल्याउनु भन्ने आदेश आएपछि सोही अनुसार भएको हो । उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्न । हामीले प्रधानमन्त्री कार्यालयमा बुझाएका हौं,’ स्रोतले भन्यो ।

सुनकोशी मरिण ठेक्काको विषयलाई लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने आकलन गरिएको छ ।

यो आयोजनाको पटक पटक ठेक्का लाग्ने, रद्द हुने गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#नियन्त्रण
Compare →
Ekantipur
16h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#सिँचाइ
Compare →
Nagarik News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#नियन्त्रण
Compare →

Related Stories

Politics & Governance
Build #2611