Trending
Prev Story
Next Story

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण …

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

१३ कात्तिक, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्नुपर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार आवश्यक रहेको उनले बताए ।

विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिँदै आचार्यले योजनाको फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अनुगमन प्रणाली प्रभावकारी बनाउन कानुन संशोधन गरिएको उल्लेख गर्दै उनले समन्वयबिना गरिने कामले अपेक्षित नतिजा दिन नसक्ने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यका संयन्त्रलाई सुदृढ ब...

#विपद् #आवश्यक
Compare →
Ekantipur
16h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#व्यवस्थापन
Compare →

Related Stories

Politics & Governance
Build #2611