Trending
Prev Story
Next Story

ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

Arthasansar •
October 30, 2026 • 06:04 AM
1
1 reads 0 reactions

ग्रीनेदी इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने...

ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

ग्रीनेदी इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि दोस्रो वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ६ गते आइतबार बिहान ११ बजे पोखरास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाको विशेष प्रस्तावअन्तर्गत आईपीओ जारी गर्ने विषयमा छलफल गर्नेछ । आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने निर्देशन आएमा आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1w ago
माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।कम्पनीका अध्यक्ष प्रदिपजङ्ग...

#साधारणसभा #इनर्जी
Compare →
Onlinekhabar
1w ago
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले …

#इनर्जी #आईपीओ
Compare →

Related Stories

National (Nepal)
Build #2611