Trending
Prev Story
Next Story

भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि …

भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति

१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जालको संयुक्त टोलीले प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसँग भेटेका हुन् ।

टोलीले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, भूमिसम्बन्धी कानुनमा आवश्यक सुधार, भूमि समस्या समाधान समितिको प्रभावकारी कार्यान्वयन तथा प्रभावित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग राखेका छन् ।

जवाफमा सभापति चौधरीले वास्तविक भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको भूमि समस्या समाधान गर्ने नाममा वास्तविक भूमिहिनको अधिकार ओझेलमा नपर्ने बताए ।

यसपटक भूमिसम्बन्धी समस्याको अलगअलग पहिचान गरी पारदर्शी मापदण्ड र निष्पक्ष प्रक्रियाबाट समाधान गर्ने उल्लेख गर्दै छुटेका समस्यालाई कानुनी संशोधनमार्फत सम्बोधन गर्न र जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6h ago
भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

#समस्या #समाधान
Compare →
Hamro Patro News
23h ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ...

#समस्या #समाधान
Compare →
Nagarik News
1w ago
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

#समस्या #समाधान
Compare →

Related Stories

Politics & Governance
Build #2611