Trending
Prev Story
Next Story

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको मुख्यालय बैंककमा …

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन

१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको मुख्यालय बैंककमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले ४ वटा प्रस्ताव राखेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउँदै उनले नेपालको तर्फबाट विभिन्न प्रस्तावहरू राखेका हुन् ।

नेपाललेको राखेको पहिलो प्रस्तावमा अन्तरिक्ष प्रविधि र तथ्यांक साझा गर्ने रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू, वैज्ञानिक संस्थाहरू र सरकारहरू मिलेर हिमाली क्षेत्रका जोखिमयुक्त भिरपाखा र हिमनदीहरूको अनुगमन गर्न स्याटेलाइट, एआई र आधुनिक प्रविधिमा आधारित बहु–जोखिम पूर्वसूचना प्रणाली निर्माण गर्ने नेपालको प्रस्ताव छ ।

त्यस्तै सूचना र ज्ञान साझा गर्ने प्रस्ताव छ । तथ्यांक आदानप्रदान गर्न, हिमतालहरूको अनुगमन गर्न र हिमालहरूमा पूर्वसूचनाको समन्वय गर्न ‘हिमाली जलवायु उत्थानशीलता संयन्त्र’ को प्रस्ताव प्रधानमन्त्री बालेन शाहले गरेको थिए । सोही आधारमा हिमालयलाई सहकार्यको प्रयोगशाला बनाउन नेपालले प्रस्ताव गरेको हो ।

तेस्रोमा विपत्तिकै गतिमा वित्तीय सहयोग तत्काल प्रवाह गर्ने प्रस्ताव छ । हिमालको अनुगमन गर्न लाखौँ डलर लागेपनि अनुगमन नगर्दा अर्बौको क्षति हुने भन्दै अनुगमन, पूर्वतयारी र पुनरुत्थानका लागि पहुँचयोग्य र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन मन्त्री श्रेष्ठले प्रस्ताव राखेका हुन् ।

‘हानि तथा क्षतिको द्रुत सम्बोधनका लागि एउटा स्थायी विन्डो बनाऔँ र त्यसमा पर्याप्त रकम भरौँ । उच्च हिमालमा अनुगमन र पूर्वसूचनाका लागि ऋण होइन, अनुदान मात्र दिइओस् । र, हाम्रा नदी किनारमा हुने जलविद्युत्देखि सीमावर्ती सहरहरूसम्मका प्रत्येक लगानीलाई ‘स्रोतदेखि समुद्रसम्म’ जोखिम–संवेदनशील बनाइओस्,’ उनले भने ।

चौथोमा हिमाली समुदायको हरित भविष्यमा लगानी गर्ने प्रस्ताव छ । वन र जलाधार संरक्षण गर्ने हिमाली समुदायका लागि स्वच्छ ऊर्जा, दिगो कृषि, जडीबुटी र जिम्मेवार पर्यटनमार्फत समृद्धिको बाटो खोल्ने तथा हिमाली उत्पादनहरूलाई भन्साररहित बजार पहुँच दिलाउने प्रस्ताव मन्त्री श्रेष्ठले राखेका हुन् ।

नेपालका तर्फबाट मन्त्री श्रेष्ठले राखेको प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् । उक्त संवादमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्रीहरू, संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरू, वैज्ञानिकहरू तथा कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
7h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु #परिवर्तन #काठमाडौं
Compare →
Hamro Patro News
10h ago
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण

काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बनाउनुपर्न...

#जलवायु #परिवर्तन #काठमाडौं
Compare →
Ekantipur
11h ago
कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

#जलवायु #परिवर्तन
Compare →
Nagarik News
10h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।

#जलवायु
Compare →

Related Stories

Science & Climate
Build #2611