Trending
Prev Story
Next Story

जडीबुटी बेचेर चार करोड राजस्व असुली

Nagarik News •
October 30, 2026 • 04:11 AM
1
1 reads 0 reactions

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व सङ्कलन गरिएको छ।

जडीबुटीमा प्रतिकेजी रु ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व सङ्कलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए।

यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व सङ्कलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ।

यार्सागुम्बा (जीवनबुटी)बाट रु ७५ लाख ४४ हजार ३७१ राजस्व सङ्कलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए।

उनका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको  ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट रु २३ लाख ८१ हजार ६८० राजस्व सङ्कलन भएको छ। प्रतिकेजी रु २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व सङ्कलन भएको छ। सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो।

प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट रु १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट रु नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताए।

उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०९:५६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।...

#राजस्व #सङ्कलन
Compare →

Related Stories

Business & Economy
Build #2611