Trending
Prev Story
Next Story

६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

Bizshala •
October 30, 2026 • 04:03 AM
1
1 reads 0 reactions

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ६ निर्माण व्यवसायी तथा आपू...

६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार निलगिरी निर्माण सेवा प्रालि (काठमाडौं) र लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालि (रुपन्देही)लाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, हरिहरीरशर्मिला जे.भी. (दाङ) दुई वर्ष तथा विन्ध्यवासिनी निर्माण सेवा (गोरखा), अनुपमा निर्माण सेवा (गोरखा) र सौरभ कन्स्ट्रक्सन (सुनसरी)लाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

विभिन्न सडक तथा पूर्वाधार कार्यालय र सामाजिक विकास कार्यालयको सिफारिसमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको हो ।

कालोसूचीमा परेका कम्पनी तथा व्यवसायीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार उनीहरूमाथि उक्त प्रतिबन्ध लागू भएको कार्यालयले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त ६ मिनेट अघि काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइबाट अनुमोदित भएका चार जना नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपत...

#काठमाडौं #सिफारिस
Compare →
Onlinekhabar
6h ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →

Related Stories

National (Nepal)
Build #2611