Trending
Prev Story
Next Story

इजरायलमा नेतान्याहुको चर्को आलोचना

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ । निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को …

इजरायलमा नेतान्याहुको चर्को आलोचना

१३ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ ।

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

नेतान्याहुको पार्टी लिकुडले इजरायलका अरब नेतृत्वका दलहरूले निर्वाचनमा भोट ‘चोरी’ गरेको आरोप लगाएको छ । ती दलले कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको हुन सक्ने आशंकामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान थालेको छ ।

तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै अस्वीकार गरेको छ । उसले कतारविरुद्ध इजरायली राजनीतिज्ञहरूले दुष्प्रचार अभियान चलाएको आरोपसमेत लगाएको छ ।

इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले पनि निर्वाचनपछि राजनीतिक वातावरण प्रभावित पार्ने प्रयास गरेको भन्दै नेतान्याहुको आलोचना गरेका छन् ।

नेतान्याहुका आलोचकहरूले विदेशी हस्तक्षेपको आरोपलाई अरब नेतृत्वका राजनीतिक दलहरूको वैधता कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । यसले विपक्षी नेता आइजेनकोटलाई अरब दलसँग मिलेर सरकार बनाउने राजनीतिक बाटोसमेत बन्द गर्न सक्ने उनीहरूको भनाइ छ । अहिले आइजेनकोट गठबन्धनका लागि सत्तामा पुग्ने सम्भावित बाटो यही मात्रै देखिएको छ ।

निर्वाचनको अन्तिम परिणामअनुसार नेतान्याहुको गठबन्धन र यहुदी विपक्षी गठबन्धन दुवैले संसदमा बहुमत प्राप्त गर्न सकेनन् ।

अरब समुदायको उल्लेख्य मतदानका कारण दुई अरब नेतृत्वका राजनीतिक समूह—जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै संसदमा कीर्तिमानी १९ सिट जितेका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा उनीहरूले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो प्रतिनिधित्व हो ।

निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जितेको छ ।

अरब दलले १९ सिट जितेपछि सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुन सक्ने देखिएको छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत नल्याएकाले उनीहरू सम्भावित सत्ता समीकरणका निर्णायक शक्ति बनेका छन् ।

बिहीबार लिकुडले अरब दललाई मतदान गर्न मतदातालाई घुस दिइएको आरोप लगाएको थियो । यसअघि केन्द्रीय निर्वाचन समितिका प्रमुखले विदेशी हस्तक्षेप भएको गम्भीर आशंकासहित अनुसन्धान गर्न शिन बेटलाई आग्रह गरेका थिए ।

तर, दुवै अरब दलले आरोप अस्वीकार गरेका छन् । अरब समुदायको बहुमत रहेको जोइन्ट लिस्ट गठबन्धनले आरोप निराधार भएको बताएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार केन्द्रीय निर्वाचन समितिसमक्ष कतारले अरब समुदायको मतदान सहभागिता बढाउने उद्देश्यले आर्थिक सहयोग गरेको दाबी प्रस्तुत गरिएको थियो । तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

त्यस्तै, केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले पनि निर्वाचनमा अनियमितता भएको भन्ने आरोपमा कुनै आधार नरहेको बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन ने...

#नेतान्याहु #इजरायल
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2611