Trending
Prev Story
Next Story

च्याम्पियन्स लिगमा रियलको सहज जित, बायर्न र आर्सनलको बराबरी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेलेका छन्। रियलको जितमा बर्नार्डो सिल्भा, …

च्याम्पियन्स लिगमा रियलको सहज जित, बायर्न र आर्सनलको बराबरी

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेलेका छन्।

रियलको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डिओमान्डेले गोल गरे। सिल्भाले ४३औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

गुलरले ५२औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए। एम्बाप्पेले ८३औं मिनेटमा गोल गरे भने लाइपजिगका टिडियाम गोमिसले ८५औं मिनेटमा एक गोल फर्काए।

त्यसको दुई मिनेटपछि डिओमान्डेले गोल गर्दै रियलको ४–१ को जित पक्का गरे ।

यस जितसँगै च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जितको लय कायमै राख्दै ३ खेलमा ९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। आर्सनलका एबेरेची एजेले २५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बायर्नका अल्फोन्सो डेभिसले ३५औं मिनेटमा बराबरी गोल गरे।

ह्यारी केनले ६१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई खेलमा अगाडि ल्याए। तर, आर्सनलका डेक्लान राइसले ८२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको सुरुआतमै आर्सनलका बुकायो साकालाई चोटका कारण मैदान छाड्नुपरेको थियो। उनको स्थानमा आएका एजेले आर्सनलका लागि पहिलो गोल गरेका थिए।

बराबरीपछि १४औं स्थानमा रहेको बायर्नको ३ खेलमा ५ अंक भएको छ भने समान खेलमा ७ अंक जोडेको आर्सनल सातौं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले भिकिङलाई ३-१ ले पराजित गर्दा गालातासारेले लिललाई ४-२ ले हरायो ।

त्यस्तै क्लब ब्रुगले लेन्सलाई ३-०, इन्टर मिलानले शाख्तर डोनेट्स्कलाई १-०, रियल बेटिसले फेयनोर्डलाई १-० तथा एलएएसकेले स्पोर्टिङ सीपीलाई ३-२ गोलले पराजित गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
च्याम्पियन्स लिग : लिभरपुल स्तब्ध, सिटी र रियलको रोमाञ्चक जित

च्याम्पियन्स लिग : लिभरपुल स्तब्ध, सिटी र रियलको रोमाञ्चक जित

यूईएफए च्याम्पियन्स लिगमा बुधबार राति रोमाञ्चक र अप्रत्याशित नतिजाहरू निस्किएका छन्। इंग्लिस क्लब लिभरपुल टर्किस क्लब फेनरबाचेसँग पराजित हुँदा म्यानचेस्टर सिटी र रियल मड्रिडले कठिन जित निकालेका छन्...

#रियल #च्याम्पियन्स #लिग
Compare →
Ekantipur
5d ago
रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ ।

#रियल #गोल #बराबरी
Compare →
Arthasansar
15h ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611