Trending
Prev Story
Next Story

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

Hamro Patro News •
October 29, 2026 • 05:42 PM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा...

1 / 2
Swipe Photos

जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले पदयात्रा गर्न रोक लगाएको हो ।

“उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ”, जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति बिहीबारदेखि लागू नहुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराइन्छ ।”

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

२२ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। नेपाल मौसम विज्ञान विभाग …

#पहाडी #क्षेत्रमा
Compare →
Bizshala
1w ago
दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

काठमाण्डौ । सार्वजनिक प्रशासनलाई थप सदाचारी, समावेशी, जवाफदेही र नागरिककेन्द्रित बनाउने निष्कर्षसहित सार्वजनिक...

#प्रशासन
Compare →
Nagarik News
1w ago
राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ?

राष्ट्रपति चुनावमा होमिन ट्रम्प प्रशासन छोड्ने तयारीमा मार्को रुबियो ?

सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ।

#प्रशासन
Compare →
Ekantipur
1w ago
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ।

#पहाडी #क्षेत्रमा
Compare →

Related Stories

Technology
Build #2611