काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने जनाएको छ । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामा दिन दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।
Read full story at source ( sutranews.com )