Trending
Prev Story
Next Story

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ । दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक …

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ ।

दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन सरकारबाटै दबाब पुगेको भन्नेसम्मका चर्चाबीच यो बैठकलाई चासोका साथ हेरिएको थियो ।

बैठक स्रोतका अनुसार, बैठकमा प्रहरी संगठनमाथि भइरहेको प्रहारमा एकजुट हुनुपर्नेमा सबै एकमत छन् ।

‘बाहिर चलिरहेका विविध विषयमाथि विविध छलफल भयो । संगठनमाथि भएका प्रहारमाथि सबै एकजुट भएर लाग्ने कुरा भएको छ,’ प्रहरीका एक वरिष्ठ अधिकारीले अनलाइनखबरसँग भने ।

ती अधिकारीका अनुसार, एक वरिष्ठ अधिकारीले भने केहीबेर फरक कुरा राखे । उनले प्रहरी संगठनविरुद्ध भएका प्रहारको एकजुट भएर सामना गर्ने भएपनि कुनैपनि व्यक्तिमाथि लागेका आरोपमा संगठनले प्रतिवाद नगर्ने खुलेरै बताएका थिए ।

‘संगठनका लागि सबै एकजुट भएर लाग्ने हो, यसमा दुईमत नै छैन । तर व्यक्तिविरुद्ध लागेको आरोपको भने व्यक्ति नै लाग्ने हो । संगठनले त्यसको भारी बोक्न सक्दैन,’ ती वरिष्ठ अधिकारीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

बैठकमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब आइरहेको भन्ने विषयबारे केही उच्च अधिकारीहरूले प्रश्न समेत गरेका थिए ।

स्रोतका अनुसार, आईजीपी कार्कीले उक्त विषयमा घुमाउरो जवाफ प्रस्तुत गरेका थिए ।

बैठकमा प्रहरीभित्र अनुशासनहिनता मौलाएको, संगठन र नेतृत्वविरुद्ध प्रहरीभित्रैबाट पनि मिडिया ट्रायल भएको लगायतका विषयहरूमा गहन छलफल भएको स्रोत बताउँछ ।

सरकार–आईजीपी दानबहादुर कार्कीबीच राम्रो सम्बन्ध नरहेको र राजीनामा दिन दबाब दिएको गाइँगुइँ बाहिर आएसँगै सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेट्न जानुपर्ने विषयमा समेत छलफल भएको थियो ।

पीसीसी बैठकमा काठमाडौं उपत्यकामा कार्यरत डीआईजी र एआईजी सहभागी हुँदै आएकोमा पहिलो पटक यो बैठकका लागि भन्दै हेडक्वाटर सातै प्रदेशका प्रमुख तथा डीआईजीहरूलाई समेत बोलाएको थियो । बुधबार नै प्रदेशका डीआईजीहरूलाई मध्यान्ह १२ बजेभित्र हेडक्वाटर आइपुग्न भनिएको थियो ।

त्यसपछि आज सातै प्रदेशका डीआईजीहरू काठमाडौं आएका थिए । उनीहरूसँगै उपत्यकामा कार्यरत एसएसपी, डीआईजी, एआईजीहरूसहितलाई राखेर दिउँसो २ बजेदेखि आईजीपी कार्कीले पीसीसीको बैठक बसाए । नीतिगत निर्णय तथा छलफलका विषयहरूमा प्रहरीको पीसीसी बैठक बस्ने गर्छ ।

तर यो बैठकमा कुनै नीतिगत निर्णय भन्दा पनि संगठन प्रमुखका विषयमा बाहिर आएका समाचार र प्रधानमन्त्रीकोमा सामूहिक रुपमा जानुपर्ने विषय उठान भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

#साढे
Compare →
Hamro Patro News
18h ago
२४ घण्टामा  कारबाहीमा परे ५५७ चालक

२४ घण्टामा कारबाहीमा परे ५५७ चालक

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक ...

#घण्टा
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#घण्टा
Compare →
Ekantipur
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#घण्टा
Compare →

Related Stories

National (Nepal)
Build #2612