Trending
Prev Story
Next Story

सोमपालको अर्धशतकपछि कर्णालीको सनसनीपूर्ण जित

Ekantipur •
October 29, 2026 • 03:32 PM
1
1 reads 0 reactions

सोमपालले ६२ रन बनाएपछि कर्णालीले १८७ रनको लक्ष्य एक बल बाँकी छँदा पूरा गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो।

सोमपालको अर्धशतकपछि कर्णालीको सनसनीपूर्ण जित

सोमपालले ६२ रन बनाएपछि कर्णालीले १८७ रनको लक्ष्य एक बल बाँकी छँदा पूरा गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो।

काठमाडौँ — कप्तान सोमपाल कामीसहितका खेलाडीले सानदार ब्याटिङ गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ ।

सोमपालले अविजित ६२ रन बनाएपछि कर्णालीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ८७ रनको लक्ष्य १ बल अगाडि पूरा गर्‍यो । कर्णालीले अन्तिम ओभरमा ७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो । कर्णालीले लगातार दोस्रो खेलमा जित हात पारेको हो । विराटनगर लगातार दोस्रो खेलमा पराजित भएको हो ।

सोमपालले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । सोमपालले सबै खाले ट्वान्टी–२० मा पहिलो अर्धशतक बनाएका हुन् । सोमपालले गुल्सन झासँग सातौं विकेटमा ४१ बलमा ७१ रनको अविजित साझेदारी गरे । गुल्सनले २१ बल खेली समान २ चौका र छक्कासहित अविजित २८ रन बनाए ।

सोमपालले पवन सर्राफसँग पनि छैटौं विकेटमा ६७ रनको साझेदारी गरेका थिए । पवनले २८ बल खेली १ चौका र ३ छक्कासहित ३६ रन बनाए । ओपनर मार्क वाट १ रनमै आउट भएका थिए भने अर्का ओपनर आरिफुल इस्लामले १२ बल खेली समान ३ चौका र छक्कासहित ३२ रन जोडे ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

दीपक डुम्रे ११ बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । हुसैन तलातले खाता खोल्न सकेनन् भने अकबर अली १ रनमै आउट भएका थिए । विराटनगरबाट एन्जेलो म्याथ्युजले ४ ओभरमा २५ रन खर्चेर ३ तथा चारिथ असलंका र प्रतिश जिसीले १–१ विकेट लिए ।

सोमपालको इनिङ्सले लोकेशको विस्फोटक स्कोरलाई छायामा पारेको थियो । टस हारेपछि ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८६ रन बनाएको थियो ।

लोकेशले ५२ बल खेली ३ चौका र ९ छक्का प्रहार गरी ८७ रन बनाए । उनी सोमपाल कामीको बलमा कट एन्ड बोल्ड भए । लोकेशले म्याथ्युजसँग तेस्रो विकेटमा ४१ बलमा ७१ रनको साझेदारी गरे । म्याथ्युजले २३ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

पाकिस्तानी बलर तलातले फालेको १४औं ओभरमा विराटनगर किंग्सले २४ रन जोड्दा लोकेशले २ छक्का र १ चौका प्रहार गरेका थिए । सोमपालले लोकेशसहित म्याथ्युज र एन्ड्रे रसेललाई आउट गरी विराटनगरलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । रसेलले १५ बल खेली ३ चौका र २ छक्कासहित २७ रन बनाए ।

यसअघि लोकेशका ओपनिङ जोडी इमरान शेख ५ रन बनाई वाटको बलमा आउट भए । चारिथ असलंकाले ३ रनमात्र बनाउन सके । सेहन जयसूर्या ११ रन बनाई दोस्रो रन लिने क्रममा आउट भए । सोमपालले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सोमपाल कामी दुईपटक बल प्रहार गर्दा भए आउट, के हो हिट द बल ट्वाइस ?

सोमपाल कामी दुईपटक बल प्रहार गर्दा भए आउट, के हो हिट द बल ट्वाइस ?

काठमाडौं । एनपीएलको आजको भइरहेको पाेखरा एभेन्जर्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी असमान्य ढंगबाट आउट भएका छन् । विपन खत्रीको बलमा उनले दुईपटक ब्याटबाट बलमाथि प्रहार गर...

#कर्णाली #सोमपाल
Compare →
Nagarik News
4d ago
एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।

#कर्णाली #सोमपाल
Compare →
Onlinekhabar
1d ago
कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड …

#कर्णाली #सोमपाल
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2611