Trending
Prev Story
Next Story

दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् । जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती …

दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् ।

जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती गर्न सहज भएको स्थानीय देवीसरा सुनारले बताइन् । ‘यहाँ सिँचाइको आवश्यकता थियो, यसले यहाँका किसानलाई धेरै लाभ हुन्छ’, उनले भनिन्, ‘अब तरकारी खेती गर्न पनि सहज हुन्छ ।’

विगतमा यहाँका किसानले सिँचाइ समस्या झेल्दै आएको उनले बताइन् । महाकाली नदीबाट सिँचाइ सुविधा पुर्‍याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो ।

‘यहाँ किसानको सङ्ख्या धेरै छ, सिँचाइ सुविधाले हामीलाई खेतीपाती गर्न सहज भएको छ’, स्थानीय ललितसिंह ठकुरीले भने ।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाख रुपैयाँको लागतमा दोधारा–चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । उक्त लिफ्ट सिँचाइबाट दोधारा–चाँदनीको २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिए । उनका अनुसार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने गरी सौर्य लिफ्ट सिँचाइका लागि २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

५६.८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदैआएको छ । खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् ।

यहाँ सिँचाइ सुविधा नहुँदा किसान पानी तान्ने मोटर प्रयोग गरेर प्रति घण्टा दुई सय तिरेर सिँचाइ गर्दै आएका थिए । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि  सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने छ । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म भारतीय पक्षले नहर निमार्ण गर्ने टुङ्गो लागेको छैन । नेपालले दोधारा–चाँदनीमा नहर निर्माणका लागि डिपीआर तयार गरेको छ ।

दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले महाकाली सन्धि अनुसार शारदा बैराज (नहर)बाट  ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने छ । ‘दोधारा–चाँदनीमा नहर निमार्णका लागि डीपीआर बनेको छ, स्वीकृत भएको छ’, प्रमख मरासिनीले भने, ‘नहरबाट पानी उपलब्ध हुन नसकेकोे ठाउँमा लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि  सिँचाइ उपलब्ध गराएका छौँ ।’

आर्थिक वर्ष २०६३/६४ देखी सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म मुल नहरसहित एक सय ५१ किलोमिटर नहर निमार्ण गर्ने लक्ष्य छ ।

यसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
फूलमा भविष्य खोज्दै किसान

फूलमा भविष्य खोज्दै किसान

बुटवल : बुटवल र भैरहवाका चोकचोकमा सस्तो मूल्यका फूल र मालाहरूहरूसँग यहाँका उद्यमी किसानलाई प्रतिस्पर्धा गर्न धौ—धौ छ। नेपाली बजारको तुलनामा भारतीय फूलमालाहरू आधा मूल्यमै पाइन्छन्। त्यसैका कारण यहा...

#यहाँ #किसान
Compare →
Ekantipur
14h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#सिँचाइ
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सिँचाइ
Compare →
Bizshala
1w ago
पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमै

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमै

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २ अर्ब ३९ करोड ३०...

#सिँचाइ
Compare →

Related Stories

Business & Economy
Build #2611