Trending
Prev Story
Next Story

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश

Ekantipur •
October 29, 2026 • 02:33 PM
1
1 reads 0 reactions

भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ ।

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश

भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ ।

काठमाडौँ — सफ्टवेयर विकास र होस्टिङका लागि विश्वकै ठूलो प्लाटफर्म गिटहबले आफ्नो वार्षिक ‘अक्टोभर्स’ प्रतिवेदनमा यसपालि ‘रसुवा-भोटेकोशी बाढी’ पोर्टललाई उत्कृष्ट ओपन-सोर्स प्रोजेक्टअन्तर्गत समावेश गरेको छ । अर्थ मन्त्रालयमा कार्यरत आईटी इन्जिनियर निरज भुषाल ले तयार पारेको यो पोर्टलले आपत्कालीन समयमा विपद्को सही र एकीकृत सूचना प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गिटहबले यसलाई विशेष रूपमा उल्लेख गरेको हो ।

गिटहबले प्रत्येक वर्ष विश्वभरका विकासकर्ता, ओपन-सोर्स प्रोजेक्ट र कोडिङ अभ्यासमा देखिएका नयाँ-नयाँ प्रवृत्तिलाई समेटेर ‘अक्टोभर्स’ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । बुधबार जारी गरिएको ‘अक्टोभर्स २०२६’ प्रतिवेदनले सफ्टवेयर विकासको क्षेत्रमा नयाँ कीर्तिमानी कायम भएको देखाएको छ । विगत १२ महिनामा विश्वभरका विकासकर्ताले १७.९ अर्बपटक गिटहबमा ‘कोड पुस’ गरेका छन् । यो संख्या सन् २०२४ र २०२५ को संयुक्त संख्याभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा गिटहबमा जोडिने विकासकर्ताको संख्या २२ करोड ५० लाख नाघेको छ ।

यस वर्षको प्रतिवेदनले सफ्टवेयर निर्माण गर्दा एआई एजेन्टको व्यापक प्रयोगलाई प्रमुख प्रवृत्तिका रूपमा औँल्याएको छ । ‘सन् २०२६ को सेप्टेम्बरसम्म आइपुग्दा गिटहबमा सुरु गरिएका ४० प्रतिशतभन्दा बढी पुल रिक्वेस्ट वा कोड परिवर्तन गर्ने अनुरोध एआई एजेन्टको सहयोगमा तयार भएका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘गत मार्चसम्म १७ प्रतिशत मात्रै पुल रिक्वेस्टहरू एआईको सहायतामा आउने गर्थे ।’ यो भनेको सफ्टवेयर डेभेलपरहरू आफैँले एक-एक कोड लेख्नुको सट्टा सुरुमा एआई एजेन्टलाई लेख्न लगाउने र एजेन्टले तयार पारेको कोडलाई पुनरावलोकन गरेर त्यसलाई आफ्नो आवश्यकताअनुसार परिमार्जन गर्न थालेका छन् ।

सफ्टवेयर विकास अब प्रविधि क्षेत्रमा मात्र सीमित नरही स्वास्थ्य, कृषि, निर्माण र खानीजस्ता क्षेत्रमा पनि तीव्र रूपमा विस्तार भइरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वभरका स्थानीय विकासकर्ताले आफ्ना समुदायका प्रत्यक्ष समस्या समाधान गर्न ओपन-सोर्स प्रविधिको प्रयोग गरिरहेका छन् । यही विश्वव्यापी परिदृश्यमा नेपालका विकासकर्ताले स्थानीय विपद्को एकीकृत सूचना दिन निर्माण गरेको डिजिटल पोर्टलले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा र मान्यता पाएको हो ।

भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले व्यापक जनधन क्षति गरेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यससम्बन्धी विवरण छरपस्ट भएका थिए । एकीकृत र आधिकारिक सूचना पाउन कठिन भएपछि अर्थ मन्त्रालयका आईटी इन्जिनियर भुषालले ‘रसुवा-भोटेकोशी बाढी’ पोर्टल बनाएका थिए । उनले ‘ग्रक’ एआई मोडलको सहयोगमा वेबसाइटको कोड, लेआउट र प्रणाली तयार गरेको कान्तिपुरलाई बताएका थिए ।

जल तथा मौसम विज्ञान विभाग, नेपाल प्रहरी, सेना र विपद् व्यवस्थापन प्राधिकरणका विवरणहरूलाई एआईमार्फत स्वचालित रूपमा संकलन गरी पोर्टलमा प्रस्तुत गर्ने व्यवस्था मिलाएका थिए । गिटहब पेजेजमा लाइभ गरिएको यस पोर्टलले इन्टरनेटमा छरिएका विवरण हरेक पाँच मिनेटमा संकलन गर्ने र त्यसलाई निरजले आफैँ तथ्य जाँच गरी अद्यावधिक गर्दै आएका छन् । हाल, अर्थ मन्त्रालयले यस पोर्टललाई आफ्नो आधिकारिक डोमेनमा जोडेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत विवरण सार्वजनिक गर्न प्रयोग गरिरहेको छ ।

सुरुमा ‘रसुवा-भोटेकोशी बाढी बुलेटिन’ का रूपमा सुरु गरिएको यो डिजिटल पहललाई निरजले अहिले ‘गति’ नामक आपत्कालीन सतर्कता रिले प्रणालीका रूपमा विकास गरेका छन् । गिटहब पेजेज र गिटहब एक्सन्सबाट सञ्चालित यो प्रणालीले सरकारी निकायका आधिकारिक विपद् चेतावनीलाई नागरिकसम्म पुर्‍याउने काम गर्ने निरज बताउँछन् ।

‘भोटेकोशी बाढीका बेला आधिकारिक सूचना मात्र एकै ठाउँमा राख्न मैले बाढी अपडेट पोर्टल सुरु गरेको थिएँ,’ उनी भन्छन्, ‘त्यसमा सडक, उद्धार, मौसम र प्रमाणित तस्बिर थिए । त्यही अनुभवबाट मैले हाल गति पोर्टल बनाएको हुँ । यो मेरो दीर्घकालीन प्रोजेक्ट हो । यसलाई केही समयपछि सार्वजनिक गर्ने सोचेको छु ।’ विपद्को समयमा जनहितका लागि बनाइएका यी पोर्टललाई गिटहबले अक्टोभर्स प्रतिवेदनमा शीर्ष स्थान दिँदै विश्वभरका विकासकर्ताका लागि प्रेरणादायी उदाहरण भनेको छ ।

अक्टोभर्स प्रतिवेदनमा निरजका पोर्टलबाहेक गिटहबले विश्वभरका विकासकर्ताले निर्माण गरेका विभिन्न क्षेत्रका रचनात्मक तथा प्रभावकारी ओपन-सोर्स प्रोजेक्टलाई सराहना गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाको जेट प्रोपल्सन ल्याबोरेटरिजका विकासकर्ताले अन्तरिक्षयानभित्र सफ्टवेयर प्रोग्राम चलाउन तयार पारेको ‘स्पेसवाजम्’ लाई गिटहबले उल्लेख गरेको छ । कुखुराको गतिविधि र व्यवहार वर्गीकरण गर्न डेनमार्कको एक विश्वविद्यालयको ल्याबले बनाएको एआई भिडियो विश्लेषण प्रणाली लाई पनि उत्कृष्ट भनेको छ ।

बुल्गेरियाको नवप्रवर्तन तथा डिजिटल रुपान्तरण मन्त्रालयले बनाएको ‘सिग्मा’ प्रणाली पनि वर्षका उत्कृष्ट प्रोजेक्टअन्तर्गत परेको छ । यो पोर्टलबाट बुल्गेरियामा सार्वजनिक ठेक्का कसले र कति रकममा पाए भनेर नागरिकले पारदर्शी रूपमा हेर्न पाउँछन् । अमेरिकी उपन्यासकार ह्यज हावेले लेखकहरूका लागि विशेष रूपमा बनाएको एउटा नि:शुल्क एप ‘नियो’ लाई पनि गिटहबले सराहना गरेको छ । यो एपले टाइप गर्दागर्दै पाण्डुलिपिलाई पुस्तकको ढाँचामा ढाल्ने काम गर्छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीमा महत्वपूर्ण योगदान दिने ‘लियो’ बन्यो वर्षकै उत्कृष्ट प्रहरी कुकुर

भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीमा महत्वपूर्ण योगदान दिने ‘लियो’ बन्यो वर्षकै उत्कृष्ट प्रहरी कुकुर

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि विशेष तालिमप्राप्त कुकुर ‘लियो’लाई प्रदान गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्ध...

#भोटेकोशी #बाढी #उत्कृष्ट
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#भोटेकोशी #बाढी
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Technology
Build #2612