Trending
Prev Story
Next Story

कृष्णनगरमा २२ लाखभन्दा बढीको यौन खेलौना बरामद

Nagarik News •
October 29, 2026 • 01:31 PM
1
1 reads 0 reactions

कपिलवस्तुको कृष्णनगरबाट २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्य बराबरका ७७६ थान यौन खेलौना तथा १ हजार ४७६ थान चार्जर बरामद भएका छन्।

कृष्णनगरमा २२ लाखभन्दा बढीको यौन खेलौना बरामद

कपिलवस्तुको कृष्णनगरबाट २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्य बराबरका ७७६ थान यौन खेलौना तथा १ हजार ४७६ थान चार्जर बरामद भएका छन्।

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिकै बेवारिसे अवस्थामा रहेका ती सामग्री इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बरामद गरेको हो।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद सामग्रीमा महिलाले प्रयोग गर्ने ३५६ थान यौन खेलौना, पुरुषले प्रयोग गर्ने ९९ थान यौन खेलौना र हरियो रङका ३२१ थान यौन खेलौना छन्। ती सामग्रीसँगै १ हजार ४७६ थान चार्जर पनि बरामद गरिएको उनले बताए।

प्रहरीका अनुसार बरामद सामग्रीको कुल मूल्य २२ लाख ९२ हजार १०० रुपैयाँ रहेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट बरामद गरिएका सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १९:१६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

२२ कात्तिक, काठमाडौं । रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा …

#थान #बरामद #लाखभन्दा
Compare →
Ekantipur
2w ago
कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

#बरामद #कृष्णनगर
Compare →
Hamro Patro News
1w ago
सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद विशेष सूचनापछि बाबियाचौर प्रहरी टोलीले पानीडाँडा सामुदायिक वनमा खोजी गर्दा तीन बेसाबुत र पाँच साबुत बन्दुक फेला पारेको हो। कार्तिक २०, २०८३ ज्योति कटुवाल सुर...

#थान #बरामद
Compare →
Arthasansar
2w ago
सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न...

#बरामद
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →

Related Stories

Technology
Build #2612