Trending
Prev Story
Next Story

डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर

Nagarik News •
October 29, 2026 • 11:26 AM
1
1 reads 0 reactions

जनकपुर बोल्ट्ससँग हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।

डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर

जनकपुर बोल्ट्ससँग हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।

हारपछि पत्रकार सम्मेलनमा प्रशिक्षक शरदले आफ्नो टोलीका स्टार अस्ट्रेलियाका वार्नर दोस्रो खेल या चाडै आउन सक्ने बताएका हुन् । आफ्नो टोलीले साझेदारी बनाउन नसकेको र १०/१५ रन कम भएको काठमाडौं गोर्खाजका प्रशिक्षक शरदको भनाइ छ ।

लगातार विकेट जाँदा समस्या भएको उनले उल्लेख गरे । कन्डिनसन सहज नरहेको उनी बताउँछन् । जनकपुरको ब्याटिङ लाइन अपमा धेरै लेफ्ट ह्यान्डेड रहेकाले त्यहीअनुरूप बलिङमा प्रयोग गरेको शरदले उल्लेख गरे । आफूसँग खेलाडी छनोटको सीमित अप्सन रहेको उनको भनाइ छ । आगामी खेलमा विदेशी खेलाडी आएपछि अझै राम्रो हुन सक्ने प्रशिक्षक शरदको विश्वास छ ।

अनुभवी खेलाडी मोइन अली र हसन अलीको साझेदारी नै गेम चेन्जर मुमेन्ट रहेको बताए । काठमाडौंका प्रशिक्षक शरद्ले टोलीमा खेलाडी छनोटको अवसर सीमित रहेको उल्लेख गर्दै जनकपुरका मोइन र हसनको साझेदारीले खेलको मुमेन्ट चेन्ज भएको बताए ।

लक्ष्य सामान्य भए पनि आफ्ना खेलाडीले बलिङबाट धेरै इफोर्ट लगाउनु नै महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । आफ्ना लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सहज नरहेको शरदले स्वीकार गरे । यद्यपि, चुनौतीमा राम्रो गर्ने आफ्नो स्वाभाव रहेको उनी बताउँछन् ।

प्रकाशित: १२ कार्तिक २०८३ १७:११ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
डेविड वार्नरको आर्धशतक, साहिलसँग शतकीय साझेदारी

डेविड वार्नरको आर्धशतक, साहिलसँग शतकीय साझेदारी

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेलिरहेको अष्ट्रेलियन ब्याटर डेविड वार्नरले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। वार्नरले त्रिवि क्रिकेट स्...

#वार्नर #डेविड
Compare →
Ekantipur
6d ago
वार्नर र साहिलको शतकीय साझेदारीमा काठमान्डुद्वारा लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य

वार्नर र साहिलको शतकीय साझेदारीमा काठमान्डुद्वारा लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य

वार्नरले ६६ र साहिलले ३८ रन बनाएपछि काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।

#वार्नर
Compare →
Onlinekhabar
6d ago
वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

२१ कात्तिक, काठमाडौं । डेभिड वार्नरको अर्धशतक मदतमा काठमान्डुले नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । पहिलो विकेटका लागि वार्नरले साहिल पटेलसँग शतकिय साझेदारी गर्दै सानदार सुरुवात …

#वार्नर
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#वार्नर
Compare →

Related Stories

Sports
Build #2612