Trending
Prev Story
Next Story

विपद् प्रभावित क्षेत्रको यथार्थ विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Ekantipur •
October 29, 2026 • 12:02 PM
1
1 reads 0 reactions

समितिको बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्, त्यसबाट भएको मानवीय क्षति र प्रभावित नागरिकको अवस्थाबारे नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफल गरिएको हो ।

विपद् प्रभावित क्षेत्रको यथार्थ विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

समितिको बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्, त्यसबाट भएको मानवीय क्षति र प्रभावित नागरिकको अवस्थाबारे नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफल गरिएको हो ।

काठमाडौँ — भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित क्षेत्रको यथार्थ र आधिकारिक विवरण एकदेखि दुई दिनभित्र उपलब्ध गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्, त्यसबाट भएको मानवीय क्षति र प्रभावित नागरिकको अवस्थाबारे नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफल गरिएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले भोटेकोशी क्षेत्रका मात्रै ४९ वटा वडा प्रभावित भएको उल्लेख गर्दै प्रत्येक वडाको छुट्टाछुट्टै विवरण संकलन गरी उपलब्ध गराउन आग्रह गरे ।

उनले विपद्मा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको संख्या, बालबालिकाको शिक्षाको अवस्था र महिला, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा ज्येष्ठ नागरिकको अवस्थासहितको विवरण आवश्यक रहेको बताए ।

प्रभावित नागरिकलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै सभापति पौडेलले त्यसका लागि सरकारी निकायबाट प्राप्त हुने तथ्यांक विश्वसनीय, वस्तुपरक र यथार्थपरक हुनुपर्नेमा जोड दिए । समितिले सुरक्षा निकाय तथा सरकारी संयन्त्रबाट प्राप्त विवरणका आधारमा स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ । निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि र प्रभावित नागरिकसँग प्रत्यक्ष छलफल गरी सरकारी विवरणको सत्यता र प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरिने सभापति पौडेलले बताए ।

उनले तथ्यांक संकलन तथा विवरण तयार गर्ने कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै समितिको सचिवालयले त्यसको नियमित अनुगमन गर्ने जानकारी दिए । बैठकमा समय अभावका कारण विषयवस्तुमाथि विस्तृत छलफल गर्न नसकिएको उल्लेख गर्दै सभापति पौडेलले आवश्यकताअनुसार पुनः बैठक बसेर थप छलफल गरिने बताए । विपद् प्रभावित क्षेत्रका प्रत्येक वडाको वास्तविक अवस्था पहिचान गरी विश्वसनीय विवरण संकलन गर्नु समितिको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
भोटेकोशी विपद्, कमजोरलाई झनै पीडा

भोटेकोशी विपद्, कमजोरलाई झनै पीडा

काठमाडौं : भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार...

#विपद् #भोटेकोशी
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#भोटेकोशी #विपद्
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#प्रभावित
Compare →

Related Stories

Politics & Governance
Build #2611