Trending
Prev Story
Next Story

विश्वप्रकाशको आग्रह– पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन्  । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले …

विश्वप्रकाशको आग्रह– पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन्  ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे ।

संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै, उनले आफूमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिवत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपसभापति शर्माले परिवर्तनको गम्भीर समस्यासँग जुध्नका लागि नव–निर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उनले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित तथा प्रभावकारी टिम स्पिरिटका साथ अघि बढ्ने उल्लेख गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको  आग्रह

सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला का...

#कांग्रेस #शर्मा #विश्वप्रकाश
Compare →
Nagarik News
6d ago
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

#शर्मा #विश्वप्रकाश
Compare →

Related Stories

World News
Build #2612