Trending
Prev Story
Next Story

पूर्वमन्त्री बरालको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कार्तिक, बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश संयोजक सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै उनीमाथि कारबाही नभएको बताएका छन् । नेकपाको रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले …

पूर्वमन्त्री बरालको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ?

१२ कार्तिक, बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश संयोजक सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै उनीमाथि कारबाही नभएको बताएका छन् ।

नेकपाको रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले सर्वसाधारणसँग केही हजार रकम भेटिँदा कारबाही गर्ने सरकारले गृहमन्त्रीको कानुनविपरीत जग्गा भेटिँदा पनि कारबाही नगरेको बताएका हुन् ।

‘कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही हुँदैन,’ उनले भने, ‘रास्वपाका मन्त्री सांसदहरूसँग सयौं तोला सुन छ, बालेनलाई करोडौंको गाडी चढ्न दिने विवादास्पाद व्यापारी कमल मालपानीमाथि छानबिन हुँदैन ।’

बरालले अहिलेको सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोप लगाए ।

उनले नागरिकता विवादमा परेकी आनी छोइङ डोल्मामाथि पनि प्रश्न उठाए । उनलाई छानबिन गरी कारबाही गर्नुको साँटो लुम्बिनी विकास कोषमा नियुक्ति दिइएको भन्दै आपत्ति जनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
देउसी–भैलोका नाममा अश्लीलता र विकृति फैलाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा अश्लीलता र विकृति फैलाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले चाडपर्वका अवसरमा देउसी–भैलो खेल्ने नाममा हुने कुनै पनि किसिमका अश्लील तथा विकृत गतिविधिमाथि कडा निगरानी राख्दै निर्मम कारबाही गरिने बताएका छन्।

#कारबाही #गृहमन्त्री
Compare →
Nagarik News
10h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

#गृहमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612