Trending
Prev Story
Next Story

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण …

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ (तस्वीरहरू)

१२, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनी प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए ।

महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए । बिहीबार भएको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रस्य सदस्यहरूलाई आन्तरिक रुपमै पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले सानेपामा आयोजित सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत भाग लिने जानकारी निर्वाचन समितिलाई गराएको बताए ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउन शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। शुक्रबार सिं...

#पदाधिकारी
Compare →
Nagarik News
13h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#महाधिवेशन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611