Trending
Prev Story
Next Story

वित्तीय प्रणालीको डेढ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीको डेढ खर्ब तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ८ दिनका लागि बजारबाट पैसा खिच्न लागेको हो । चाडबाडको …

वित्तीय प्रणालीको डेढ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीको डेढ खर्ब तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ८ दिनका लागि बजारबाट पैसा खिच्न लागेको हो ।

चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै अधिक तरलता रहेको वित्तीय प्रणालीमा चाडबाडका समयमा भित्रिएको रेमिट्यान्सले झनै बढाएको हो । हाल वित्तीय प्रणालकिो पैसा कैन्द्रीय बैंकमा १३ खर्ब ८६ अर्ब थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता थुप्रिएको हो ।

रेमिट्यान्समा आएको निरन्तर सुधारले तथा रसुवा बाढीमा आएको वैदेहिक सहयोगका कारण वित्तीय प्रणालीको अधिक तरलता थप बढेको हो । गत साउनमा मात्रै २ खर्ब १५ अर्ब रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालीन ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा घट्न नदिने नीति लिएको छ । सो अनुसार केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गर्दे आएको छ । तथापी पछिल्लो समयमा अधिक तरलता भएर खिचेको मात्र छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत प्रणालीको अधिक तरलता खिच्दै आएको छ । राष्ट्र बैंकका अनुसार बिहीबारबाट वित्तीय प्रणालीमा करिब ५५ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुन: खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा केन्द्रीय बैंकले पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
13h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#वित्तीय #खर्ब
Compare →
Bizshala
16h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली #खर्ब
Compare →
Hamro Patro News
14h ago
त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन...

#प्रणाली
Compare →
Ekantipur
14h ago
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

#प्रणाली
Compare →
Nagarik News
14h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली
Compare →

Related Stories

Business & Economy
Build #2612