Trending
Prev Story
Next Story

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

Nagarik News •
October 29, 2026 • 06:50 AM
1
1 reads 0 reactions

दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्। दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हन्। ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको उनले बताए। यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध तथा प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताए। उनले अन्तर्राष्ट्रिय कानुनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा पनि दुवै देशले जोड दिएको जानकारी दिए।

अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्‍याए। उनले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताए।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताए। गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो।

दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन्। चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा विभिन्न विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको छ। अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ।

यसैगरी, जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ। दुवै देशले समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी विषयमा फरक धारणा राख्दै आएका छन्। एपी

प्रकाशित: १२ कार्तिक २०८३ १२:३५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
क्षेत्रीय स्वास्थ्य प्रणाली सबल बनाउन सदस्य राष्ट्रबिच सहकार्य आवश्यक : मन्त्री मेहता

क्षेत्रीय स्वास्थ्य प्रणाली सबल बनाउन सदस्य राष्ट्रबिच सहकार्य आवश्यक : मन्त्री मेहता

नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै सङ्क्रामक रोग नियन्त्रणमा जोड दिएको छ। यस्तै एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारीमा सदस्य राष्ट्रबिच सहका...

#सहकार्य #क्षेत्रीय
Compare →
Ekantipur
7h ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

#उत्पादन
Compare →
Onlinekhabar
17h ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#जापान
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →

Related Stories

World News
Build #2612