Trending
Prev Story
Next Story

चुनावलगत्तै इरानमा आक्रमण गर्ने अमेरिकाको तयारी, सहयोगी देशहरुलाई सतर्क रहन आग्रह

Ekantipur •
October 29, 2026 • 07:02 AM
1
1 reads 0 reactions

युद्ध चर्किएपछि इरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणलाई लिएर तयार रहन अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगीहरुलाई आग्रह गरेको छ

चुनावलगत्तै इरानमा आक्रमण गर्ने अमेरिकाको तयारी, सहयोगी देशहरुलाई सतर्क रहन आग्रह

युद्ध चर्किएपछि इरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणलाई लिएर तयार रहन अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगीहरुलाई आग्रह गरेको छ

काठमाडौँ — आगामी साता हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः नयाँ सैन्य कारबाही गर्ने तयारी अमेरिकाले गरेको छ । युद्ध सुरु हुनसक्ने भन्दै पश्चिम एशियाका सहयोगी देशहरुलाई अमेरिकाले सचेत रहन पनि आग्रह गरेको छ ।

दुई कूटनीतिज्ञले एशोसिएटेड प्रेस (एपी) सँगको कुराकानीमा यस विषयको खुलासा गरेका हुन् । तर, उनीहरुले नाम छाप्न भने अस्विकार गरे । उनीहरुका अनुसार युद्ध चर्किएपछि इरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणलाई लिएर तयार रहन पश्चिम एशियाली सहयोगीहरुलाई आग्रह गरिएको छ । ह्वाइट हाउस र अमेरिकी अधिकारीहरूले भने यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ हवाई आक्रमण गर्ने वा नगर्ने भन्नेबारे हालसम्म कुनै अन्तिम निर्णय भने गरिसकेका छैनन् । यद्यपि, अमेरिकामा महत्वपूर्ण मानिएको नोभेम्बर ३ को निर्वाचन समाप्त हुनासाथ नयाँ सैन्य कारबाहीको आदेश दिन सकिने संकेत ट्रम्पले बारम्बार गरिरहेका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोष्ट लेख्दै तेहरानले “कूटनीतिलाई सफल बनाउन खोजेको बताएका छन् । उनले मध्यस्थकर्ताहरुमार्फत अमेरिकासँग कुराकानी भइरहेको बताएका छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) को परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुवै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न आग्रह गरेको छ । युद्धको राजनीतिक समाधानको बाटो खोज्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

अमेरिकी अधिकारीहरूले क्षेत्रीय सहयोगीहरूलाई नयाँ चरणको सैन्य कारबाही केही दिनसम्म लम्बिन सक्ने बताएका छन् ।

तर, इरान र उसका निकटका समूहहरूले प्रतिशोध लिन सक्ने र त्यसले अझ लामो समयसम्म द्वन्द्व लम्ब्याउन सक्ने भन्दै क्षेत्रीय अधिकारीहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । इरानले ऊर्जा पूर्वाधारसहित महत्वपूर्ण पूर्वाधारहरुलाई निशाना बनाउनसक्ने चेतावनी पनि अमेरिकाले आफ्ना सहयोगीहरुलाई दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#अमेरिका #इरान
Compare →
Nagarik News
10h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #अमेरिका
Compare →
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #आक्रमण
Compare →
Bizshala
13h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युद्ध #तयारी
Compare →
Onlinekhabar
18h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#इरान
Compare →

Related Stories

World News
Build #2612