नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
करण केसीको कप्तानीमा उत्रिन लागेको काठमान्डुबाट भीम सार्की, सुमित महर्जन, हरिशंकर साह, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, अमेरिकाका स्मित पटेल, अस्ट्रेलियाका साम हेजलेट, बंगलादेशका रिपोन मण्डल, पाकिस्तानका जहान्दाद खान खेलिरहेका छन् । सूर्यांशु कोइराला र प्रसिद्ध जैसी नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेपछि गोर्खाजले उनीहरूको स्थानमा सुमित महर्जन र हरिशंकर साहलाई टोलीमा समावेश गरेको छ ।
अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा जनकपुरमा तृतराज दास, मयन यादव, अनिल साह, अमरसिंह रौटेला, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, सैफ हैसन, कुशल पेरेरा खेलिरहेका छन् ।
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पहिलो ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेपछि जनकपुर बोल्ट्सलाई पहिला फिल्डिङका लागि भनेका हुन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजका दुवै टोली आइपुगेका छन् । मैदानमा अभ्यासरत छन् खेलाडी ।
जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल १२.३० बजे सुरु हुनेछ ।
शुभ बिहानी ! त्रिवि क्रिकेट मैदानबाट कान्तिपुर टिम लाइभ अपडेटमा जोडिइसकेको छ । अब जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेलका ताजा अपडेट लिएर हामी तपाईँहरूमाझ उपस्थित हुनेछौं । आज आकाश बादलले ढाकिएको छ र मौसम केही धुम्मिएको छ । खेलका हरेक अपडेटका लागि हामीसँगै रहनुहोला ।