Trending
Prev Story
Next Story

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य के हो?

Ekantipur •
October 20, 2026 • 07:40 AM
1
1 reads 0 reactions

मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य के हो?

मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?

काठमाडौँ — हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं ।

मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द ढोकाअगाडि केही मानिस पूजाआजा गरिरहेका थिए । कोही हात जोडेर देवीलाई सम्झिरहेका थिए त कोही श्रद्धापूर्वक पूजा गरेर फर्किरहेका थिए ।

मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?

स्थानीयसँग बुझ्दै जाँदा थाहा भयो, तलेजु भवानी मन्दिर, जुन बडादशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ने परम्परा छ । बाँकी दिन मन्दिरमा सर्वसाधारणले भित्र प्रवेश गरेर दर्शन गर्न पाउँदैनन् । तर ढोका बन्द हुँदैमा यहाँको धार्मिक आस्था र पूजापरम्परा भने रोकिँदैन ।

मन्दिरबारे स्थानीय शान्ति अमात्यले आफूले सानैदेखि सुन्दै र देख्दै आएको परम्पराबारे सुनाइन् ।

‘तलेजु भवानी मन्दिर महानवमीको दिन एक दिन मात्र खुल्ने गर्छ । पहिलादेखि नै त्यस्तै चल्दै आएको, सुन्दै आएको हो । अरू बेला पूरै बन्द हुन्छ । महानवमीको दिन खोलेर मन्दिरमा दर्शन गर्न पाइन्छ । देवीको दर्शन गर्न, कुमारी वा जीवित देवीको पनि त्यो दिन यहाँ बास हुन्छ रे भन्ने धार्मिक विश्वास छ । उनै देवीको पूजाआजा गरिएको हो ।’

शान्तिको भनाइमा पुस्तौँदेखि चलिआएको परम्पराप्रतिको विश्वास झल्किन्छ । तर यही परम्पराले एउटा जिज्ञासा पनि जन्माउँछ, आखिर तलेजु मन्दिर वर्षमा एक दिन मात्र किन खुल्छ ? यसको सुरुआत कहिलेदेखि भयो ? र, यसको बन्द ढोकासँग जोडिएको इतिहास कस्तो छ ?

हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, काठमाडौंको मल्लकालीन इतिहास र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण धरोहर पनि हो ।

तलेजु भवानी काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक इतिहाससँग गहिरो रूपमा जोडिएकी देवी हुन् । विशेषगरी मल्लकालीन राजाहरूले तलेजुलाई आफ्नो आराध्यदेवीका रूपमा पुज्ने गरेको इतिहास पाइन्छ । त्यसबेला धर्म र शासनबीच घनिष्ठ सम्बन्ध थियो । राजकीय शक्ति, राज्यको कल्याण र विजयलाई देवीको आशीर्वादसँग जोडेर हेरिन्थ्यो ।

त्यसैले तलेजु मन्दिरलाई एउटा पूजास्थलका रूपमा मात्र बुझ्दा यसको ऐतिहासिक महत्त्वको पूर्ण चित्र देखिँदैन । यो मल्लकालीन शासकीय परम्परा, धार्मिक विश्वास र उपत्यकाको सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा पनि हो ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार राजा महेन्द्र मल्लले तलेजु मन्दिर सन् १५४९ मा निर्माण गराएका थिए । तर हनुमानढोका दरबार संग्रहालय र केही ऐतिहासिक अध्ययनमा यसको निर्माण वर्ष सन् १५६४ उल्लेख गरिएको पाइन्छ ।

मल्लकालीन वास्तुकला र धार्मिक आस्थाको प्रतिनिधित्व गर्ने यो मन्दिर आज पनि काठमाडौंको ऐतिहासिक पहिचानसँग जोडिएको छ । यसको बाहिरी बनावटले प्राचीन वैभव झल्काउँछ । तर यसको महत्त्व इँटा, काठ र कलात्मक छानामा मात्र सीमित छैन । यससँग जोडिएको पूजा विधि, धार्मिक मान्यता र पुस्तौँदेखि चल्दै आएको परम्पराले पनि यसको विशिष्टता निर्धारण गरेको छ ।

तलेजु मन्दिरबारे सबैभन्दा बढी चासो जगाउने विषय नै यसको खुल्ने परम्परा हो । वर्षभरि सर्वसाधारणका लागि बन्द रहने मन्दिर महानवमीका दिन खुला गरिन्छ । यही विशेषताले यसलाई अन्य धेरै मन्दिरभन्दा फरक बनाएको छ ।

महानवमी बडादशैंको महत्त्वपूर्ण दिन हो । यस दिन देवी दुर्गाको विशेष पूजा–आराधना गरिन्छ । तलेजु भवानीसँग पनि महानवमीको विशेष धार्मिक सम्बन्ध छ । वर्षभरि मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाउने सर्वसाधारणका लागि यस दिन देवीको प्रत्यक्ष दर्शन गर्ने अवसर प्राप्त हुन्छ ।

तर मन्दिर वर्षमा एक दिन मात्र खुल्ने परम्पराको वास्तविक ऐतिहासिक कारण के हो, यो परम्परा कहिलेदेखि सुरु भयो र यसको निरन्तरताको आधार के हो ? यी प्रश्नको स्पष्ट उत्तर खोज्न मन्दिरका पुजारी, व्यवस्थापनमा संलग्न अधिकारी र इतिहासविद्सँग थप संवाद आवश्यक छ । तर हामीले प्रयास गरेका थियौं तर सम्भव हुन सकेन ।

स्थानीयले सुनाउने धार्मिक विश्वासले यस परम्पराको सामाजिक र सांस्कृतिक पक्ष बुझ्न मद्दत गर्छ । तर जनविश्वास र ऐतिहासिक प्रमाणलाई छुट्टाछुट्टै केलाउनु पनि उत्तिकै आवश्यक छ ।

यहाँ एउटा महत्त्वपूर्ण पक्ष के छ भने, मन्दिर सर्वसाधारणका लागि बन्द रहनु र त्यहाँ पूजा नहुनु फरक कुरा हुन् । मन्दिरमा परम्पराअनुसार नित्यपूजा हुने गर्छ । सार्वजनिक दर्शन सीमित भए पनि धार्मिक गतिविधि आफ्नै विधि र परम्पराअनुसार सञ्चालन भइरहन्छन् ।

रिपोर्टिङका क्रममा हामीले देखेको दृश्यले तलेजु मन्दिरको अर्को पक्ष देखायो । मन्दिरको ढोका बन्द थियो, तर मानिसहरू पूजाआजा गरेर फर्किरहेका थिए । उनीहरूका लागि देवीप्रतिको श्रद्धा व्यक्त गर्न मन्दिरभित्र प्रवेश गर्नैपर्ने थिएन । बन्द ढोकाअगाडि नै हात जोडेर पूजा गर्नु पनि उनीहरूको आस्थाको अभिव्यक्ति थियो ।

यो दृश्य एउटा धार्मिक अभ्यासको दृश्य थिएन । यसले धार्मिक परम्पराले मानिसको दैनिक जीवनमा कस्तो स्थान ओगटेको छ भन्ने पनि देखाउँथ्यो । मन्दिरभित्र प्रवेश गर्न नपाए पनि मानिसहरू त्यहाँ पुगिरहेका थिए । उनीहरूका लागि तलेजु केवल हेर्न जाने ऐतिहासिक सम्पदा थिएन, श्रद्धा र विश्वाससँग जोडिएको स्थल थियो ।

हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको ढोका बन्द थियो । तर त्यहाँ पुगेका मानिसहरूको आस्था खुला थियो । कोही पूजा गरेर फर्किरहेका थिए, कोही मन्दिरको बनावट नियालिरहेका थिए । म भने एउटा प्रश्न बोकेर फर्किएँ, वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिरको ढोकाभित्र कति इतिहास, विश्वास र परम्परा लुकेका छन् ?

तलेजु मन्दिरलाई बाहिरबाट हेर्दा यो काठमाडौंको एउटा प्राचीन धार्मिक सम्पदा देखिन्छ । तर यसको इतिहास खोतल्दै जाँदा मल्लकालीन शासन, राजकीय आस्था, धार्मिक अनुष्ठान र जीवित सांस्कृतिक परम्पराको कथा खुल्दै जान्छ ।

महानवमीका दिन खुल्ने मन्दिरको ढोकाले भक्तजनलाई देवीको दर्शन गर्ने अवसर दिन्छ । तर यसको वास्तविक इतिहास बुझ्न भने एउटा दिन पर्याप्त हुँदैन । त्यसका लागि आवश्यक छ, प्रश्न गर्ने जिज्ञासा, तथ्य खोज्ने धैर्य र पुस्तौँदेखि चलिआएको परम्परालाई नजिकबाट बुझ्ने प्रयास ।

सायद तलेजु मन्दिरको सबैभन्दा रोचक पक्ष पनि यही हो । यसको ढोका वर्षमा एक दिन खुल्छ, तर यसले जन्माउने प्रश्न र यसको इतिहासप्रतिको जिज्ञासा भने वर्षभरि खुला रहन्छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।

#मन्दिर #भक्तजन
Compare →
Onlinekhabar
1w ago
तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

१७ कात्तिक, दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ । धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने …

#मन्दिर #भक्तजन
Compare →
Arthasansar
2d ago
तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला

तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एक पटक भाइटीकाका दिन मात्र...

#मन्दिर #खुल्ने
Compare →
Hamro Patro News
2d ago
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्। उत्सवका नाम...

#मन्दिर
Compare →

Related Stories

National (Nepal)
Build #2611