Trending
Prev Story
Next Story

सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेk समयमा …

सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद

१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेk समयमा सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) को कमान्डमा रहेको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो।

गस्ती टोलीले नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा गाँजा फेला पारेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू ९ बोरा गाँजा छाडेर फरार भएका थिए।

बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। प्लास्टिकसहित यसको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद #सिरहा #किलो
Compare →
Hamro Patro News
1d ago
सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद १५ मिनेट अघि सिरहा : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको...

#बरामद #गाँजा #किलो
Compare →
Nagarik News
1w ago
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#गाँजा #किलो #बरामद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2611